कीवर्डहरू -

नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको अनुमति, परीक्षण अवधिभर ग्राहकलाई निःशुल्क

नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको अनुमति, परीक्षण अवधिभर ग्राहकलाई निःशुल्क

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिने निर्णय गरेको हो ।

दूरसञ्चार प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजी परीक्षणका लागि अनुमति पाएको बताए । टेलिकमले फाइभजी परीक्षणको अनुमति पाएसँगै त्यसलाई चाहिने आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले परीक्षण शुरू गर्न केही समय लाग्ने उनले बताए ।

टेलिकमले फाइभजी परीक्षणका लागि २५०० मेगाहर्जदेखि २५६० मेगाहर्जसम्म जम्मा ६० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गर्नेछ । यसअघि यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति दिने निर्णय गरेको थियो ।

प्राधिकरणले केही समय अगाडि ल्याएको फाइभजी लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धि कार्यविधि २०७८ मा परीक्षणका लागि दिइएको फ्रिक्वेन्सी परीक्षण समाप्त भएपछि प्राधिकरणले फिर्ता लिने उल्लेख गरिएको छ । त्यस्तै फ्रिक्वेन्सीको अधिको अवधि १ वर्षको हुनेछ ।

टेलिकमले परीक्षण अवधिभरको फ्रिक्वेन्सीको दस्तुर सरकारलाई बुझाउनु पर्ने छैन् । साथै परीक्षण अवधिकभर टेलिकमले ग्राहकबाट कुनै किसिमको शुल्क लिन पाउने छैन् ।

यो पनि पढ्नुहोस्ः यस्तो छ फाइभजी परीक्षणको कार्यविधि, परीक्षण अवधिमा ग्राहकले निशुल्क पाउने