कीवर्डहरू -

विश्वको ठूलो प्रविधि प्रदर्शनी सीईएसमा ठूला प्रविधि कम्पनी सहभागी नहुने, आखिर किन ?

विश्वको ठूलो प्रविधि प्रदर्शनी सीईएसमा ठूला प्रविधि कम्पनी सहभागी नहुने, आखिर किन ?

अमेजन, फेसबुक र ट्वीटर जस्ता धेरै ठूला प्रविधि कम्पनीले विश्वको ठूलो प्रविधि प्रदर्शनी कन्जयुमर इलेक्ट्रोनिक्स शो (सिइएस) मा सहभागी नहुने भएका छन् । उनीहरूले आफ्ना प्रतिनिधि नपठाउने घोषणा गरेका हुन् ।

सिईएस कार्यक्रम जनवरिमा लस भेगसमा आयोजना हुने छ । ओमिक्रोन भेरियन्टको प्रभाव बढ्दै गएकाले टेक फर्महरुले आफ्नो प्रतिनिधि नपठाउने भएका हुन् ।

गूगल र वेमोले भने अहिले सम्म कार्यक्रममा सहभागी हुने नै सोचका छन् । आयोजकले चार दिने कार्यक्रममा स्वास्थ्य सुरक्षाको सबै विधि अपनाउने दावी गरेका छ, जसमा खोप लगाएको प्रमाण, मास्क लगाउने र साइटमै कोभिडको जाँग गरिने जस्ता रोकथाम उपायहरु रहेका छन् ।

मान्छेहरुलाई राखेर गरिने कार्यक्रमसँगै सिईएस लाइभ पनि जानेछ । गत वर्ष सिईएसलाई भर्चुअल इभेन्टकै रुपमा आयोजना गरिएको थियो ।

सिईएसमा प्राविधिक कम्पनीहरुले आफूले निर्माण गरेको नयाँ ग्याजेट र इनोभेसन देखाउने गर्दछन् । पहिलेको सिईएस कार्यक्रममा १ लाख ८० हजार भन्दा बढी आगन्तुकहरु समेत आएका थिए ।