कीवर्डहरू -

इन्जिनियरिङ, बीबीए र बीसीएमा नयाँ भर्ना खुलेको छः प्रिन्सीपल एनसीआईटी कलेज

इन्जिनियरिङ, बीबीए र बीसीएमा नयाँ भर्ना खुलेको छः प्रिन्सीपल एनसीआईटी कलेज

गत मंसिरमा कक्षा १२ को नतिजा सार्वजनिक भएको थियो । यतिबेला प्लस टु पास गरेका विद्यार्थीहरू माझ ब्याचलर्समा नयाँ भर्नाको चटारो शुरू भइसकेको छ ।

यसैमाझ सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) ले पनि ब्याचलर्समा नयाँ भर्ना खोलेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले ब्याचलर्स तथा मास्टर्सका विभिन्न कोर्षहरु सञ्चालन गर्दैं आएको छ ।

एनसीआईटी कलेजमा कस्ता कस्ता कोर्ष पढाइ हुन्छन्, शूल्क कति छ लगायतका विषयमा एनसीआइटी कलेजका प्रिन्सीपल निरञ्जन खकुरेल सँग आइसिटी समाचार ले गरेको छोटो कुराकानीको सम्पादित अंशः

एनसीआईटीमा के के विषयमा नयाँ भर्ना खुलेको छ ?

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीमा पढाइ हुने ब्याचलर्सका सबै विषयमा नयाँ भर्ना खुलेको छ । इन्जिनियरिङ, बीबीए र बीसीएमा नयाँ भर्ना खुलेको छ ।

इन्जिनियरिङ अन्तर्गत बीई सिभिल, बीई कम्प्युटर, बीई इलेक्ट्रिनिक्स एण्ड कम्युनिकेसन, बीई आईटी र बीई सफ्टवेयरमा भर्ना खुलेको छ ।

यी विषयहरू क-कसले पढ्न पाउँछन् ?

साइन्स पढेका विद्यार्थीले इन्जिनियरिङ पढ्न पाउँछन् । प्लस टुमा बायो लिएर गणित अध्ययन गरेकाले पनि इन्जिनियरिङ पढ्न पाउँछन् । इन्जिनियरिङ पढ्नका लागि सबै विषयमा सी ग्रेड आएको हुनुपर्छ ।

बीसीए भने म्यानेजमेन्टका विद्यार्थीले पढ्न पाउनेछन् तर ती विद्यार्थीले प्लस टू मा भने कम्प्यूटर साइन्स वा गणित विषय पढेको हुनुपर्छ । बीसीए पढ्न प्लस टुका प्रत्येक विषयमा सी ग्रड ल्याएको हुनुपर्नेछ । बीबीए पढ्नका लागि कम्तीमा डी प्लस ग्रेड हुनुपर्छ र १.८० सीजीपीए हुनुपर्छ ।

विद्यार्थीलाई छात्रवृत्तिको सुविधा कस्तो छ ?

एनसीआईटीमा कलेजमा प्रवेश परीक्षाको नतिजाको आधारमा र प्लस टुको नतिजाको आधारमा विद्यार्थीले छात्रवृत्तिको सुविधा पाउँछन् ।

शुल्क कति छ ?

एनसीआईटीमा इन्जिनियरिङ अध्ययन गर्दा बढीमा १२ लाख रूपैयाँ लाग्छ । बीबीए पढ्न ६ लाख रूपैयाँ लाग्छ भने बीसीए पढ्न ७ लाख रूपैयाँ लाग्छ ।

भर्ना कसरी गर्ने ?

विद्यार्थीहरूले भर्ना प्रक्रिया र शुल्कको बारेमा थप जानकारी कलेजको वेबसाइट वा फोनबाट लिन सक्छन् । विद्यार्थीले प्रवेश परीक्षाका लागि यहाँ क्लिक गरी फाराम डाउनलोड गर्न सक्नेछन् । साथै भर्नाका लागि यहाँ क्लिक गरी अनलाइनबाटै आवेदन दिन सक्छन् ।