कीवर्डहरू -

चोरी गरेको मोबाइल र ल्यापटपसहित ४ जना पक्राउ

चोरी गरेको मोबाइल र ल्यापटपसहित ४ जना पक्राउ

चोरी गरेको २१ थान मोबाइल, २ थान ल्यापटप र ४ थान ल्यापटपको चार्जर सहित ४ जनालाई गोकर्णेश्वर नगरपालिका-८ आरुबारीबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णश्वर नगरपालिका-६ गोकर्ण बस्ने २० वर्षीय निशान डंगोल, काठमाडौं मुलपानी बस्ने सिन्धुपालाञ्चोक जुगल गाउँपालिका-३ घर भएका २५ वर्षीय फुर्बा लामा, काठमाडौं गोकर्णश्वर नगरपालिका-८ बेशिगाउँ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ घर भएका २२ वर्षीय सुमन तामाङ र सोही ठाउँका २० वर्षीय कृष्ण तामाङ रहेका छन् ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुको साथबाट चोरी गरेको उक्त मोबाइल र ल्यापटप फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।