कीवर्डहरू -

स्मार्ट डाउनलोड फिचरमा काम गर्दै युट्युब

स्मार्ट डाउनलोड फिचरमा काम गर्दै युट्युब

युट्युबले युट्युब म्युजिक सरहनै आफ्नो भिडियोका लागि स्मार्ट डाउनलोडको फिचर जाँच गरिरहेको छ । यो फिचर एन्ड्रोइड एपमा जाँच भइरहेको छ ।

यो फिचरले गर्दा प्रयोगकर्ताले एन्ड्रोइड डिभाइस वाइफाइसँग कनेक्ट भएमा अटोमेटिकली भिडियो डाउनलोड गर्न सक्नेछन् । वाइफाइसँग कनेक्ट भएमा हरेक हप्ता स्वायत्त रुपमा २० ओटा भिडियो डाउनलोड गर्न सकिन्छ ।

अफलाइन कन्टेन्ट डाउनलोड पेज वा लाइब्ररी ट्याबबाट पाउन सकिन्छ । यस्तै फिचर युट्युब म्युजिकमा पनि उपलब्ध रहेको छ । कम डेटा प्लान भएको वा इन्टरनेट कनेक्सन राम्रो नभएको ठाउँहरुमा यो फिचरले एकदमै मद्दत पुर्‍याउनेछ ।

यो फिचर एन्ड्रोइडको पछिल्लो भर्सनमा काम गर्ने गर्दछ । यो फिचर अहिले जाँचको क्रममा रहकले यूरोपको केही प्रयोगकर्ताहरुले मात्रै पाएका छन् ।