एसईई २०८०मा पूरक परिक्षाको अवसरका पाएका विद्यार्थीलाई लक्षित गरि एम्बिसन गुरुले विशेष तयारी कोर्स ल्याएको छ । डिजिटल लर्निङ प्लेटफर्म एम्बिसन गुरुले एसईई पूरक परीक्षाका लागि नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाउने गरि विशेष कोर्स ल्याएको हो ।
पूरक परिक्षामा सहभागी हुने अवसर पाएका विद्यार्थीलाई कम समयमा उत्कृष्ट तयारी गराउने हिसाबले कोर्स डिजाइन गरिएको एम्बिसन गुरुका एकेडेमिक निर्देशक प्रकाश पाण्डेले जानकारी दिए ।
यो कोर्स अन्तर्गत विद्यार्थीले दैनिक लाइभ क्लास लिन पाउने र लाइभ छुटेकाहरुले आफ्नो अनुकुल समयमा भिडियो मार्फत पनि आफ्नो तयारीलाई प्रभावकारी बनाउन सक्ने निर्देशक पाण्डेको भनाइ छ ।
विद्यार्थीले आस्क सेसनमार्फत कुनै पनि विषयमा प्रश्न या जिज्ञासा भए प्रत्यक्ष सोध्न सक्ने र गुरुहरुले आवश्यक जानकारी तत्काल दिने व्यवस्था समेत एम्बिसन गुरुमा रहेको उनले बताए ।
विद्यार्थीले जुनसुकै समयमा अध्ययन गर्न मिल्ने गरि हरेक विषयका सबै च्याप्टरका भिडियोहरु एपमा उपलब्ध हुने कम्पनिले जनाएको छ । यस्तै विद्यार्थीलाई उत्कृष्ट नतिजा ल्याउन मद्दत पुग्ने अन्य सहयोगी टिम्स पनि एप मार्फत उपलब्ध गराइने छ ।
तयारी कक्षा साँझ र बिहान दैनिक दुई समयमा हुने छ । यसका लागि मोबाइलमा एम्बिसन गुरु एप डाउनलोड गरि एसईई ग्रेडवृद्धि तयारी कक्षामा सब्सक्राइब गर्नुपर्नेछ । यसको शुल्क कम्पनिले ९९९ रुपैयाँ राखेको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थी पनि अब मौका परीक्षामा सहभागी हुनेछन् भने राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म लगातार ९ दिन ग्रेडवृद्धिका लागि मौका परीक्षा लिने व्यवस्था गरेको छ ।
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      