कीवर्डहरू -

खुला विश्वविद्यालयले मास्टर र ब्याचलरका विभिन्न विषयमा खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन

खुला विश्वविद्यालयले मास्टर र ब्याचलरका विभिन्न विषयमा खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन

नेपाल खुला विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत विभिन्न विषयमा नयाँ भर्ना खुलाएको छ ।

एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयले स्नातक र स्नातकोत्तरका कार्यक्रममा हिउँदे सेमेष्टर प्रणाली अन्तर्गत नयाँ भर्ना खुलाएको हो ।

आवेदन आगामी चैत ५ गतेसम्म दिन सकिने छ । त्यस्तै दोब्बर दस्तुर तिरेर चैत १२ गतेसम्म आवेदन दिन सकिने विश्वविद्यालयले जनाएको छ । आवेदन शुल्क १ हजार रूपैयाँ तोकिएको छ ।

विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गत एमफिल इन एजुकेसन, मास्टर इन एजुकेसनल साइन्सेस, ब्याचलर इन आर्ट्स अन्तर्गत भर्ना खुलाएको छ ।

त्यस्तै विज्ञान तथा प्रविधि संकाय अन्तर्गत एमफिल इन आइसिटी, मास्टर डिग्री इन ई-गभर्नेन्स, मास्टर डिग्री इन जिओ इन्फर्म्याटिक्स, मास्टर डिग्री इन नेचुरल रिसोर्स एण्ड डेभलपमेन्ट र मास्टरअफ साइन्स इन इनभाइरोमेन्टल एण्ड अक्कुपेसनल हेल्थमा भर्ना खुलाएको हो ।

विश्वविद्यालयमा नयाँ भर्नाका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । आवेदन दिन आफ्नो शैक्षिक प्रमाणपत्र र ट्रान्क्रिप्ट स्क्यान गरी पठाउनु पर्नेछ । प्रवेश परीक्षाको किसिम, परीक्षा केन्द्र र समय पछि तोकिने बताइएको छ ।

\"\"