कीवर्डहरू -

चाडपर्वलाई लक्षित गर्दै सुबिसुले ल्यायो नयाँ अफर

चाडपर्वलाई लक्षित गर्दै सुबिसुले ल्यायो नयाँ अफर

सुबिसुले दशै र तिहारलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । जसमा ग्राहकले ९९ रुपैयामा टिभी वा इन्टरनेटको सुविधा पाउने छन ।

एक महिनाको लागि ३० एमबीपीएसको अनलिमिटेड इन्टरनेट सुविधा ९९ रुपैयाँमा पाइने र एक महिनाकै लागि क्लियर टिभिको प्रिमियम प्याकेज पनि ९९ रुपैयाँमा नै पाइने छ । यस प्रिमियम प्याकेजमा ७५ भन्दा बढी एचडी च्यनलसहित २७५ डिजिटल च्यानल हुने छन् ।

सुविसुले इन्टरनेट र टिभीको कम्बो प्याकेज पनि ल्याएको छ। जसमा ग्राहकले एक महिनाको लागि २५ एमबीपीएसको इन्टरनेट र  क्लियर टिभिको प्रिमियम प्याकेज १९८ रुपैयाँमा पाउने छन् ।