कीवर्डहरू -

स्वास्थ्य क्षेत्रकाे सेवा सुदृढीकरणमा उपयाेगी सफ्टवयेर ‘मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस’

स्वास्थ्य क्षेत्रकाे सेवा सुदृढीकरणमा  उपयाेगी सफ्टवयेर ‘मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस’

गत साउन ३२ मा राजधानीमा भएकाे आइसिटी अवार्ड २०१९ अन्तर्गत महत्वपूर्ण विधा प्रडक्ट आइसिटी अवार्ड २०१९ मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले प्राप्त गर्न सफल भएको थियाे । ४० भन्दा बढी प्रडक्टलाई पछि पार्दै मेडिफ्लोले यो अवार्ड जितेको हो । यो प्रडक्टले शीर्ष ५ मा पर्न सफल विधाना, डेल्टा सेल्स एप, इन्स्पेला र एमबैंकलाई निर्णायकको मूल्याकंन र पब्लिक भोटिङको आधारमा पछि पार्यो र अवार्ड जित्न सफल भयो ।

यो विधामा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक हुने प्रडक्टहरुले नोमिनेसन दर्ता गराएका थिए । २०१९ को जनवरीमा लञ्च भएको मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस मेडिफ्लो सोलुसन्स प्रालिको प्रडक्ट हो । हस्पिटललाई अटोमेट गर्न ल्याइएको मेडिफ्लोले हस्पिटपलको प्रशासनिक व्यवस्थापनलाई डिजिटल बनाउँछ भने विभिन्न मोड्युलहरूलाई एकीकृत गरेर इलेक्ट्रोनिकल मेडिकल रिपोर्ट तयार पार्छ ।

‘आइसिटी अवार्ड पाएपछि हामीले झनै उत्साहजनक प्रतिक्रिया पाएका छौं । बजारमा गएर क्लाइन्टलाई कन्भिन्स गर्न धेरै सजिलो भएको छ । कतिपय क्लाइन्टहरू हामीलाई खोज्दै आउनु भएको छ,’ न्यौपानेले भने ।

मेडिफ्लो नेपालमा उपलब्ध सिस्टमध्ये इलेक्ट्रोनिक मेडिकल रिपोर्ट र हस्पिटल म्यानेजमेन्ट सिस्टम दुवै भएको एक मात्र सिस्टम भएको जनाइएको छ । यसले बिरामीको क्लिनिकल डाटालाई इलेक्ट्रोनिक वा क्लाउड सिस्टममा रेकर्ड राख्छ र आवश्यक परेको बेला तुरुन्तै डाटामा पहुँच राख्न सकिन्छ । त्यस्तै बिरामीले मोबाइल एप्लिकेशनबाटै आफूलाई चाहिने जानकारी र अपडेट लिन सक्छन् । रोगी वा बिरामीका लागि मात्रै नभइकन स्वास्थ्य सेवा दिने सबै संस्थाहरु, इन्स्योरेन्सर पेयर ग्रपहरू, डाक्टर र मेडिकल प्रोफेसनलहरू, रिसर्चर, पोलिसी मेकर र समग्रमा राज्य र देशका लागि नै यो प्रडक्ट उपयोगी रहेको कम्पनीका चिफ अपरेटिङ अफिसर सुरेन्द्र न्यौपानेले बताए ।

स्वाथ्य क्षेत्रमा सेवा सुदृढीकरण गर्न प्रयोग भइरहेको सफ्टवयेर ‘मेडिफ्लो’ लाई देशैभर विस्तार गर्न कम्पनी अग्रसर भइरहेको छ । ‘आइसिटी अवार्ड पाएपछि हामीले झनै उत्साहजनक प्रतिक्रिया पाएका छौं । बजारमा गएर क्लाइन्टलाई कन्भिन्स गर्न धेरै सजिलो भएको छ । कतिपय क्लाइन्टहरू हामीलाई खोज्दै आउनु भएको छ,’ न्यौपानेले भने ।

यो सफ्टवेयर छोटो समयमै २५ भन्दा धेरै स्वास्थ्य संस्थाहरुमा प्रयोग भइसकेको छ । यसले स्वास्थ्य संस्थाहरुको सेवा तथा प्रशासनिक प्रक्रियालाई डिजिटलमा लैजाने काम गर्छ । यो सफ्वटेयर विभिन्न मेडिकल रिपोर्टहरूलाई एकीकृत गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड तयार पार्छ भने यस्तो रिपोर्ट प्रयोगकर्ताले एपमार्फत हेर्न पाउँछन् । मेडिफ्लो सफ्टवेयरमार्फत हालै सिभिल अस्पतालले नेपालमा पहिलोपटक घरबाटै टिकट काटन सकिने प्रविधि सुरुवात गरेको छ । यस प्रविधिमार्फत नेपाल सरकारलाई चाहिएको बेला विभिन्न मेडिकलसम्बन्धी डाटासमेत दिन सकिने यसका विकासकर्ताले बताएका छन् ।  यो सफ्टवेयरलाई प्रभु ग्रूपले प्रवद्र्धन गरेको हो ।

स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्न मेडिफ्लोले विभिन्न योजना र कार्यक्रम समेत ल्याउँदै छ । विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै स्वास्थ्य क्षेत्रलाई डिजिटाइज गर्ने र बिरामी, अस्पताल, डाक्टर सबैलाई सजिलो पार्न यो सफ्टवेयरले महत्वपूर्ण योगदान दिने गरी योजना अघि सारेको सिओओ न्यौपानेले बताए ।

हस्पिटल म्यानेजमेन्ट आफैमा पनि गाह्रो विषय हो र त्यसमाथि नागरिकलाई पनि यही एपबाट प्रत्यक्ष सेवा दिने काम मेडिफ्लोले गरिरहेको छ । ‘सामुदायिक अस्पताल र सरकारी अस्पतालमा सबैभन्दा ठूलो टाउको दुखाइ नै क्राउड म्यानेजमेन्ट हो । बिरामी जति संख्यामा आए पनि त्यसको व्यवस्थापन गर्न सजिलो होस् भन्ने अभिप्रायले यो प्रडक्ट ल्याएका हौं,’ उनले भने ।

याे पनि पढ्नुहाेस् : घरमै बसी अस्पतालको टिकेट काट्न सकिने, विराट मेडिकल कलेजमा यस्ताे सेवा सुरु