कीवर्डहरू -

२० बर्षको उपलक्ष्यमा डिजिकमको २० प्रतिशत छुटको घोषणा

इन्फोटेकमा दिपकराज गिरि र दीपश्रीको उपस्थिति

२० बर्षको उपलक्ष्यमा डिजिकमको २० प्रतिशत छुटको घोषणा


चर्चित आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना प्रडक्टमा आकर्षक छुट दिने भएको हो । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलाको अवधिभर डिजिकमको स्टलबाट सो छुट प्राप्तगर्न सकिने छ ।


नेपालमा दुई दशक पूरा गरेको अवसरमा क्यानइन्फोटेकमा डिजिकमले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा चर्चित फिल्मक लाकार तथा निर्माता निर्देशक दीपकराज गिरि र दीपश्री निरौलाको सहभागिता रहेको थियो ।


सन् १९९८ मा शुरु भएको ब्राण्ड डिजिकमले २० वर्षको यात्रा पूरा गरेको छ जुन चुनौतिपूर्ण र प्रोत्साहनपूर्ण दुवै थियो । नेपालमा डिजिकमको सेवा केबल टीभी सञ्चालकहरुका लागि सीएटीभी प्रडक्टहरुबाट शुरु भएको थियो । सो प्रडक्टमा कम्पनीले पाएको उच्च सफलताले यसलाई अन्यउ त्पादनमा आफ्नो सेवा विस्तान गर्न प्रोत्साहित गरेको थियो । सन् २००४ मा डिजिकमले नेपाली बजारमा फाइबर अप्टिक केबल भित्र्याएको थियो जुन क्षेत्रमा यो पहिलो निजी क्षेत्रको कम्पनी थियो ।

\"\"


हरेक वर्ष डिजिकमले नयाँ तथा एडभान्स्ड प्रडक्ट थप गर्दै आएको छ जसमध्ये मुख्य यसप्रकार छन् ः
१. सीएटीभी प्रडक्ट
२. अप्टिकल फाइबर केबल
३. नेटवर्किङ केबल
४. कक्सिएल केबल
५. सीसीटीभी केबल
६. वायरलेस राउटर
७. सीसीटीभी सर्भेलेन्स प्रडक्ट
८. सर्ज प्रोटेक्टेड एकस्टेन्सन सकेट
९. टेलिफोन
१०. अप्टिकल फाइबर टूल्स


कम्पनीले आफ्ना ७०० भन्दा बढी प्रडक्टहरु बजारमा उपलब्ध भएको र निरन्तर नयाँ तथा विशिष्ट प्रकारका प्रडक्ट थप गर्द ैआएको साथै  डिजिकमका उत्पादनहरु नेपाली बजारका लागि आवश्यक डिजाइन र सुविधायुक्त रहेको कुरा   डिजिकमका अध्यक्ष, अरुण कुमार बन्सल ले बताउनुभयो ।