कीवर्डहरू -

बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना हुदै, यसरी हुनुहोस् सहभागी

बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना हुदै, यसरी हुनुहोस् सहभागी

माउनटेक सोलुसनले बिग डेटाको 'अनलाइन ट्रेनिङ' आयोजना गर्ने भएको छ । 'बिग डेटा हडुप अनलाइन ट्रेनिङ' भदौ २४ गते देखि असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।

यो अनलाइन ट्रेनिङ भदौ २४ गते बुधबार बिहान ७ बजेदेखि हुनेछ । ४० घण्टाको कोर्षमा सहभागीले 'बिग डेटा हडुप' सम्वन्धि प्रयोगात्मक ज्ञान पनि प्राप्त गर्नेछन् । यस अनलाइन ट्रेनिङमा इन्जिनियर ज्ञानेश्वर बोहराले रिसोर्स पर्सनको भुमिका निर्वाह गर्नेछन् । बिग डेटा अनलाइन ट्रेनिङको शूल्क ५ हजार रुपैयाँ तोकिएको छ ।

बिग डेटा एक्सपर्ट बोहरा 'लिभिङ विथ आइसिटी'को बरिष्ठ स्तम्भकार पनि हुन् । त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिस्ट समेत रहेका बोहोरा सरकारी सेवामा बिगत केहि बर्षदेखि इन्जिनियरको रुपमा कार्यरत छन् ।

यस ट्रेनिङको शूल्क ईसेवा वा बैंकबाट तिर्न सकिने छ । बिग डेटा हडुप अनलाइन ट्रेनिङमा सहभागी हुन यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस । यो भन्दा अगाडी पनि माउन्ट टेक सोलुसनले बिग डेटा तथा हडुपको २ वटा ब्याच सफलताकासाथ सम्पन्न गरिसकेको छ ।