कीवर्डहरू -

भर्चुअल रुपमा ओपन एमआरएस सम्मेलन आयोजना हुँदैं, यसरी हुनुहोस् सहभागी

भर्चुअल रुपमा ओपन एमआरएस सम्मेलन आयोजना हुँदैं, यसरी हुनुहोस् सहभागी

३० नोभेम्बर देखि ४ डिसेम्बर २०२० सम्म ओपन एमआरएस सम्मेलन आयोजना हुने भएको छ । यो कार्यक्रममा बढ्दो स्वास्थय समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारे छलफल गरिनेछ ।

यो भर्चुअल बैठकको लक्ष्य भने ओपन एमआरएसकासँग जोडिएका सदस्यहरुलाई नजिक ल्याउनु रहेको छ । यो बैठकमा ओपन एमआरएसका सदस्यहरु र अरु इच्छुक सहभागीहरुले भर्चुअल माध्यमबाट जोडिएर आफ्नो उपलब्धि प्रस्तुत गर्ने र डेमो देखाउनेछन् ।

यो सम्मेलनमा ओपनएमआरएसमा भविष्यमा के गर्ने भन्ने बारेपनि छलफल गरिनेछ । यो सम्मेलनमा सहभागी हुन् यहाँ क्लिक गरी आफुलाई रजिष्ट्रेसन गर्नुहोस् ।

ओपन एमआरएस एक ‍ग्लोबल कम्युनिटी हो । यो सन् २००४ मा सार्वजनिक भएको हो । ओपन एमआरएस सुरुवात भएपछि ४० देशका ५५ सय बढी स्वास्थ्य सेवा फ्यासिलिटिजहरुले ओपन एमआरएस प्लेटफर्म प्रयोग गरी १० लाख बढि बिरामीहरुलाई सेवा दिइरहेका छन् ।