विद्युतीय गाडी (ईभी) खरिद गर्दा अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति समीक्षामार्फत ईभी किन्दा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेसँगै अब ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने छ ।
यसअघि ईभी किन्दा बैंक तथा वित्तीय संस्था र हायर पर्चेज सेवा प्रदायक संस्थाबाट ८० प्रतिशतसम्म फाइनान्सिङ हुँदै आएको थियो ।
ईभी खरिदकर्ताले मूल्यको २० प्रतिशत मात्रै डाउनपेमेन्ट गरे हुन्थ्यो । तर अब भने वित्तीय संस्थाले ६० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाउने छन् ।