एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सेवाको सुरुवात गरेको छ ।
बैंकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवाको सुरुवात गरेको हो ।
ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आईसर्भ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
उक्त आईसर्भभित्र कार्ड सर्भिसमा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरीफाई गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपछि ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी दिइने छ ।