कीवर्डहरू -

उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी

उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी

मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको छ ।

विद्युतीय कारोबार हेर्ने हो भने कनेक्ट आइपिएसमा हरेक महिना वृद्धि भइरहेको छ । यसको कारोबार मात्र होइन, यसमा जोडिने ग्राहकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

ग्राहकसँगै उनीहरुले यसमा जोड्ने बैंक खाता पनि उल्लेख्य वृद्धि भइरहेको छन् ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेषमान सिंह प्रधानले कनेट आईपीएसमा जोडिन ग्राहक र बैंक खातामा उल्लेख्य वृद्धि भइरहेको बताए ।

कनेक्ट आइपिएसबाट हुने कारोबार पनि हरेक महिना नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको छ ।

प्रधानका अनुसार कनेक्ट आईपीएसमा ग्राहक र उनीहरुले लिंक गर्ने दुई वटा संख्या हुन्छन् ।

यसमा जोडिने ग्राहकले एकभन्दा धेरै बैंक खाता लिंक गर्न सक्ने भएकाले ग्राहक संख्याभन्दा लिंक भएको बैंकको खाताको संख्या धेरै हुन्छ ।

कनेक्ट आईपिएसमा जोडिने ग्राहक झन्डै साढे चार लाख पुगेका छन् ।
त्यस्तै, ती ग्राहकले लिंक गर्ने खाताको संख्या पनि साढे ६ लाख बढी भइसकेका छन् ।

कनेक्ट आईपीएसबाट हुने कारोबार पनि नयाँ रेकर्डमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार यस अवधिमा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैया भुक्तानी भएको छ ।

यो यसअघिको महिनामा १ खर्ब १० अर्ब ५७ करोडभन्दा धेरैको भुक्तानी भएको थियो ।

यो महिना भुक्तानीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । चैत महिनामा २० लाख ३८ हजार ४ सय  ६५ वटा इलेक्ट्रोनिक ट्रान्जेकसन भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५१ अर्ब ५० करोड ६० लाखको भुक्तानी भएको थियो ।

नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बाट संचालित कनेटआइपिएस, आइपिएस र इसीसीबाट भएको कोरोबार रकम उल्लेख्यरुपमा वृद्धि भएको छ ।

बैंकहरु एक आपसमा जोडिदा सर्बसाधरणको सानो देखि व्यवसायिक ठूलो कारोबारसम्म यसबाट गर्न सकिने भएको छ ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेषमान सिंह प्रधानले कनेट आईपीएसमा जोडिन ग्राहक र बैंक खातामा उल्लेख्य वृद्धि भइरहेको बताए ।

कनेक्ट आइसपएसले एक बैंकबाट अर्को बैंकमा रकम पठाउने सुविधा मात्र दिएको छैन । यसले गर्दा ग्रामिण क्षेत्रमा पुग्नु पर्ने बैंकको कामलाई राहत मिलेको छ ।

गाउँगाउँमा शाखा रहित बैंकबाट हुने कारोबार बढ्नु वा गाउँपालिकामा स्थापना भएका बैंकमा कारोबार बढ्नुमा यसको सहयोग ठूलो छ ।

के हो कनेक्टआइपिएस ?

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो कनेक्ट आईपीएस ।

नेपाल क्लियरिङ हाउसले कनेटआइपिएससहित आइपिएस र इसीसी सेवा सञ्चालन गरेको छ ।

कनेक्ट आइपिएसमा ५१ वटा बैंक तथा वित्तीय संस्था छन् भने आइपिएसमा ७० वटा जोडिएका छन्। त्यस्तै, चेक तथा इसीसीमा ७४ वटा बैंक तथा बित्तीय संस्था छन् ।

यसबाट अनलाइन फण्ड ट्रान्सफर, सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, नेप्से अनलाईन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, ट्राभल एजेन्सी भुक्तानी, स्कुल र कलेज, इन्स्युरेन्स भुक्तानी जस्ता कारेबारहरु गर्न सकिन्छ ।

कनेक्ट आइपिएस भनेको पूर्ण रुपमा डिजिट हो । यसमा कारोबारको सीमा पनि हुन्छ । सर्वसाधरणले घरमै बसेर मोबाइल एप वा यसको वेभसाइटमा रहेको आफ्नो अकाउन्टबाट २४ सै घण्टा कारोबार गर्न सक्छन् ।

त्यस्तै बैंकले पनि कनेक्ट आइपिएसबाटै ट्रान्जेक्सन गरिरहेका छन्। आइपिएसमा ठूलो रकम र बल्कमा गरिने रकम कारोबार हुन्छ । जस्तो स्यालरी पेमेन्ट, सोसल सेकुरिटिज, सरकारले तिर्ने रकम लगाउको कारोबार यसबाट हुन्छ ।

यसमा व्यक्तिगत पनि कारोबार गर्न सकिन्छ तर बढी ठूलो रकमको कारोबार हुन्छ । यो कारोबारको लागि बैंकलाई सम्पर्क गर्नुपर्छ ।