कीवर्डहरू -

एससीटी र एनसीएचएलबीच सम्झौता, अब अलिपे प्लसबाट स्मार्ट क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

एससीटी र एनसीएचएलबीच सम्झौता, अब अलिपे प्लसबाट स्मार्ट क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था (एनसीएचएल) बिच अलिपे प्लसमार्फत स्मार्ट क्युआरका मार्चेन्टहरूलाई भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

अलिपे प्लसले चीन, फिलिपिन्स, मलेसिया, दक्षिण कोरिया, थाइल्याण्ड, इन्डोनेसिया लगायतका राष्ट्रका ई-वालेट र मोबाईल बैङ्किङ्ग मार्फत अन्तरदेशीय भुक्तानी सेवा दिदै आएको छ । यस सम्झौता पश्चात अलिपेका १.६ बिलियन भन्दा धेरै प्रयोगकर्ताहरूले स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टलाई भुक्तानी गर्न पाउनेछन् । 

क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इएमभि स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो । 

देश तथा विदेशका ग्राहकहरूलाई मध्यनजर गरेर गरिएको यस सम्झौता पछि स्मार्ट क्युआरका मर्चेन्टहरुलाई अन्तराष्ट्रिय भुक्तानी प्राप्त गर्न झनै सहज हुने विश्वास रहेको छ ।