कीवर्डहरू -

नेपालका २३ वर्षीय युवाद्वारा विकसित एन्ड्रोइड एप इजरायली कम्पनीलाई ५० लाखमा विक्रि, १ वर्षमै १.२० करोड आम्दानी

नेपालका २३ वर्षीय युवाद्वारा विकसित एन्ड्रोइड एप इजरायली कम्पनीलाई ५० लाखमा विक्रि, १ वर्षमै १.२० करोड आम्दानी

नेपालको एक एन्ड्रोइड एप इजरायली कम्पनी 'राउण्ड्स एआई लिमिटेड’ लाई ४०,००० अमेरिकी डलर (नेपालीकरिब ५० लाख) मा विक्रि गरिएको छ । २३ वर्षीया कर्णबहादुर क्षेत्रीद्वारा विकसित एप पहिले पनि अन्तर्राष्ट्रिय बजारमा दुई पटक विक्रि भईसकेको छ । 

यसभन्दा पहिले पनि क्षेत्रीले दुईओटा एप बेचेर ७० लाख रुपैयाँ कमाएका थिए । यही एक वर्षमा क्षेत्रीले ३ वटा एन्ड्रोइड एप बेचिसकेका छन् र त्यसबाट उनले १.२० करोड कमाएका छन् ।

''कुनै पनि लगानी बिना मैले यो काम कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्दै पार्ट टाइममै गरेको हुँ ।" कर्णबहादुर क्षेत्री बताउँछन् ।  उनको कुल आयबाट सरकारको करको रूपमा जम्मा आम्दानीको ५ प्रतिशत करिब ६ लाख कटौती भएको पनि उनले उल्लेख गरेका छन् । उनले विदेश पलायन नभईकन नेपाल बसेरै पनि धेरैकुरा गर्न सकिने सन्देश दिएका छन् ।