कीवर्डहरू -

एआई सुविधासहितको असुस जेनबुक १४ मा ल्यापटप नेपालमा

एआई सुविधासहितको असुस जेनबुक १४ मा ल्यापटप नेपालमा

नेपालमा असुसले एआई-सक्षम कोपाइलट प्लस पीसीको विस्तारित श्रृंखला सार्वजनिक गरेको छ । नयाँ श्रृंखलामा एएमडी राइजेन एआई ३०० सिरिज र इन्टेल कोर अल्ट्रा (सिरिज २) प्रोसेसर प्रयोग भएको छ, जसले एआई क्षमतासहितका कम्प्युटरहरूलाई अझ सुलभ र प्रभावकारी बनाएको छ।

असुसका भिभोबुक र जेनबुकमा आधारित कोपाइलट प्लस पीसीले व्यक्तिगत तथा व्यवसायिक कार्यक्षमता सुधार गर्नका लागि एआईको प्रयोग गरी कार्यहरूलाई सजिलो, उत्पादनशील र सुरक्षित बनाउने छ । 

कम्पनीका अनुसार नयाँ लाइनअपले प्रयोगकर्ताहरूलाई एआई उपकरणहरूको अधिकतम प्रयोग गर्दै कार्यसम्पादनमा उल्लेखनीय वृद्धि गर्न र सिर्जनशीलता बढाउन मद्दत गर्नेछ ।

माइक्रोसफ्टका उपाध्यक्ष मार्क लिन्टनका अनुसार कोपाइलट प्लस पीसीले विन्डोज ११ मा उन्नत एआई अनुभव प्रदान गर्नेछ । 

अब असुस जेनबुक १४ मा (UM3406KA) एआई सुविधाको उपयोग गर्न सकिने छ । यो स्लिम र हल्का डिजाइनसहितको ल्यापटपमा एएमडी रेडन ग्राफिक्स र १४-इन्चको थ्रीके १२० हर्ज ओलेड नानो एज डिस्प्ले पनि उपलब्ध छ । 

इन्टेल कोर अल्ट्रा प्रोसेसरसहितको उत्कृष्टता प्रोसेसरद्वारा संचालित जनेबुक र भिभोबुकलाई नयाँ एआई क्षमताले विशेष गरी गेमिंग, सिर्जनशीलता, र उत्पादकता क्षेत्रमा यो प्रोसेसरले उच्च कार्यक्षमता दिने बताइएको छ ।

नेपालमा नागमनी इन्टरनेशनलका आधिकारिक स्टोरबाट समेत जेनबुक १४ मा (UM3406KA) खरिद गर्न सकिने छ ।