कीवर्डहरू -

नग्न तस्विर राखेर कसैले ब्ल्याकमेल गर्दैछ भने नगर्नुहोस् यी पाँच गल्ती, यहाँ गर्नुहोस् रिपोर्ट

नग्न तस्विर राखेर कसैले ब्ल्याकमेल गर्दैछ भने नगर्नुहोस् यी पाँच गल्ती, यहाँ गर्नुहोस् रिपोर्ट

देशमा हरेक दिन मानिसहरु विभिन्न तरिकाले ठगीको शिकार भइरहेका हुन्छन् । मानिसहरुको तस्बिर र भिडियो सम्पादन गरेर ब्ल्याकमेल भइरहेका छन् । यो अनलाइन ठगीको एक नयाँ तरिका हो । यी साइबर ठगहरूले सामाजिक सञ्जालबाट मानिसहरूको फोटो र भिडियोहरू निकाल्छन् र त्यसपछि नग्न वा वयस्क सामग्रीको साथ सम्पादन गर्छन् र पैसा माग्छन् ।

आजकल मानिसहरूले अज्ञात नम्बर वा अकाउन्टहरूबाट ह्वाट्सएप वा फेसबुक मेसेन्जरमा भिडियो कलहरू पाइरहेका छन् । यी भिडियो कलहरू रेकर्ड भई सम्पादन गरी ब्ल्याकमेल गर्न प्रयोग गरिन्छ । आजको रिपोर्टमा, हामी तपाईंलाई त्यस्ता घोटाला वा ठगीबाट बच्ने उपायहरू बारे बताउनेछौं ।

मेसेज डिलिट नगर्ने 

यदि तपाइँसँग यस्तो कुनै घटना भयो भने, मेसेज डिलिट गर्ने गल्ती नगर्नुहोस् । यी मेसेजहरू प्रमाणको रूपमा धेरै उपयोगी हुनेछन् । यसरी,मेसेज डिलिट गर्नुको अर्थ तपाई आफैं प्रमाणहरू मेटाउँदै हुनुहुन्छ ।

स्क्रिनसटहरू राख्नुहोस्

यदि कसैले तपाईको तस्बिरको दुरुपयोग गरेर तपाईलाई ब्ल्याकमेल गर्ने प्रयास गरिरहेको छ भने, उसबाट प्राप्त सबै मेसेजहरूको स्क्रिनसट राख्नुहोस्, किनकि यी उत्पीडकरूले केही समय पछि अकाउन्ट डिलिट गर्छन् । यस्तो अवस्थामा तपाईसँग कुनै प्रमाण भएन भने रिपोर्ट पनि गर्न मिल्दैन् ।

हेल्पलाइन मद्दत खोज्नुहोस्

यदि यस्तो घटना भयो भने, नजिकको प्रहरी स्टेशनमा प्रमाण सहित एफआईआर दर्ता गर्नुहोस् । यसबाहेक, साइबर ब्यूरोको ह्यान्डलमा जानुहोस् र मेसेजको पूर्ण जानकारी दिनुहोस् । तपाईले यसबारे cyberbureau@ nepalpolice.gov.np मा इमेल गरेर पनि गुनासो गर्न सक्नुहुन्छ । 

पैसा दिने गल्ती नगर्नुहोस्

यस्तो ब्ल्याकमेलिङको डरले पैसा दिने गल्ती कहिल्यै नगर्नुहोस्, किनकि एकपटक पैसा दिएपछि छुटकारा पाउन सकिँदैन् । यी ब्ल्याकमेलरहरूले तपाईसँग बारम्बार पैसा माग्छन् ।
 
आफ्नो साथी र परिवारलाई भन्नुहोस्

यदि तपाइँसँग यस्तो कुनै घटना भयो भने, तपाइँको साथीहरूलाई जानकारी दिनुहोस् र तपाइँको परिवारका सदस्यहरूलाई पनि यो घटनाको जानकारी सेयर गर्नुहोस् ।