कीवर्डहरू -

ईसेवाले ल्यायो एआई भर्चुअल असिस्टेन्ट, समस्या समाधान गर्नेदेखि कारोबारसम्म गर्न सघाउने

ईसेवाले ल्यायो एआई भर्चुअल असिस्टेन्ट, समस्या समाधान गर्नेदेखि कारोबारसम्म गर्न सघाउने

डिजिटल वालेट इसेवाले नेपालमै पहिलो पटक पेमेन्ट फिचर इनेबलसहित एआई भर्चुअल असिस्टेन्ट ल्याएको छ । 

ग्राहक सेवालाई मद्दत गर्न र प्रयोगकर्तालाई सहज सुविधा प्रदान गर्न इसेवाले इसेवा भर्चुअल एसिस्टेन्ट (ईभा) एआई च्याटबट ल्याएको हो । 

इभालाई रियलटाइममा समस्या समाधान गर्नेदेखि लिएर प्रयोगकर्ताको कमाण्ड अनुसार केही अनलाइन कारोबारहरू गर्न सक्ने गरी डिजाइन गरिएको इसेवाले जनाएको छ । 

null

यसबाट मोबाइल टपअपदेखि फन्ड ट्रान्सफर सम्म गर्न सकिने छ । कुनै गुनासो वा समस्या परेको खण्डमा ईभालाई २४ सैं घन्टो समाधानका लागि प्रश्न सोध्न सकिने छ । 

हरेक चरणमा डेटा गोपनीयतालाई मुख्य प्राथमिकतामा राखेर ईभालाई ट्रेन गरिएको इसेवाको भनाइ छ । इसेवाका अनुसार ईभा प्रयोगकर्ताको एआई भर्चुअल असिस्टेन्ट मात्र नभएर फाइनान्सियल असिस्टेन्ट समेत बन्ने छ ।