कीवर्डहरू -

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अनुरोध

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अनुरोध

डिजिटल वालेट इसेवाले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्ने व्यवस्था भएकाले ईसेवाले यस्तो अनुरोध गरेको हो । 
आन्तरिक राजस्व विभागको निर्देशन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन । 

जारी आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’ बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्यूआरमार्फत गर्न प्रोत्साहनका लागि अगस्ट १ देखि सेन्ड मनि सेवा प्रयोग गर्दा शुल्क लाग्ने इसेवाले जनाएको छ ।
कारोबार दिनमा ३ पटक गरि महिनामा ३० पटक सम्म नि:शुल्क रहनेछ, साथै रु.१०० मुनिका सबै Send Money कारोबार निःशुल्क रहनेछन् । यो बाहेकका सबै Send Money कारोबारमा प्रति कारोबार रु.१० सेवा शुल्क लागू हुनेछ ।

‘प्रयोगकर्ताहरुलाई आफ्नो व्यापार तथा व्यवसायको भुक्तानी आफ्नो व्यक्तिगत इसेवा खातामा जम्मा नगर्न अनुरोध गर्दछौं,’ इसेवाले भनेको छ, ‘आफ्नो व्यापार व्यवसायको भुक्तानी लिन इसेवा मर्चेन्ट खाता खोल्न सक्नु हुनेछ । व्यावसायिक खातामा क्यूआर तथा अन्य कुनै माध्यमबाट रकम भुक्तानी गर्दा कुनै पनि प्रकारको शुल्क लाग्नै छैन् ।’