कीवर्डहरू -

मोबाइल बैंकिङबाट हवाई टिकट काट्दा निःशुल्क हवाई टिकटदेखि स्मार्टवाचसम्म जित्ने मौका

मोबाइल बैंकिङबाट हवाई टिकट काट्दा निःशुल्क हवाई टिकटदेखि स्मार्टवाचसम्म  जित्ने मौका

नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । दशैं र तिहार चाँडै नजिकिँदै गर्दा फोनपेले सुपर अभियान घोषणा गरेको हो । 

यस अफर अनुसार मोबाइल बैंकिङबाट हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान हुनेछ । नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा ३०० रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा २०० रूपैयाँ क्यासब्याकको लाभ लिन सक्नेछन् । 

क्यासब्याक अतिरिक्त फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ । हवाई टिकट काट्ने मध्येबाट एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन्, र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् । 

सुपर यात्रा अभियानमार्फत ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्दै डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहेको फोनपेका सीएसओ सुभोद शर्माले बताए ।