कीवर्डहरू -

मोबाइलमा आफ्नो गूगल सर्चलाई कसरी स्ट्रिमलाइन गर्ने ? यस्ता छन् ५ टिप्स

मोबाइलमा आफ्नो गूगल सर्चलाई कसरी स्ट्रिमलाइन गर्ने ? यस्ता छन् ५ टिप्स

गूगलका संसारभरि लाखौँ प्रयोगकर्ताहरू छन्, जसले आफ्नो आवश्यकताका अनुसार कम्पनीका विभिन्न सुविधाहरूको प्रयोग गर्छन् ।

गूगलका यस्ता केही सुविधाहरू छन्, जसले तपाईंको ब्राउजिङलाई सजिलो बनाउँछ । यदि तपाईं आफ्नो मोबाइलमा गूगल सर्चलाई स्ट्रिमलाइन गर्न चाहनुहुन्छ र विभिन्न विकल्पहरूको खोजी गर्दै हुनुहुन्छ भने हामी यसमा तपाईंलाई मद्दत गर्न सक्छौं ।

मोबाइलमा गूगल सर्चलाई स्ट्रिमलाइन गर्दा तपाईंको ब्राउजिङ अनुभव उत्कृष्ट हुनेछ । आज हामी तपाईंका लागि ५ यस्ता विकल्पहरूको सूची तयार गरेका छौं, जसले गूगल सर्चलाई स्ट्रिमलाइन बनाउन सघाउने छ । 

ह्यान्डराइटिङ इनपुटको प्रयोग गर्नुहोस्

सामान्यतया हामी सर्च बारमा टेक्स्ट लेखेर सर्च गर्छौं, तर के तपाईंलाई थाहा छ ? आफ्नो ह्यान्डराइटिङबाट पनि सर्चलाई स्ट्रिमलाइन गर्न सक्नुहुन्छ ।

यो एउटा अनौठो तरिका हो, जसका लागि तपाईंलाई केही सेटिङ अन गर्नुपर्छ । प्रयोगकर्ताहरूले गूगल डटकममा गई, सर्च सेटिङ एक्सेस गरेर र ह्यान्डराइट विकल्पलाई टगल अन गर्न सक्छन् । 

यसरी गर्नुभएको खण्डमा तपाईं आफ्ना औँलाहरूको प्रयोग गरेर सिधै स्क्रिनमा लेख्न सक्नुहुन्छ, जसलाई सर्च बक्समा टाइप गरिएको टेक्स्टमा परिणत गरिनेछ ।

सर्कल टू सर्च

सामसङको ग्यालेक्सी एस सिरिज र गूगल पिक्सल फोनमा सर्कल टु सर्च फिचर धेरै चर्चामा आएको थियो ।

सर्कल टू सर्च एक प्रकारको टुल हो, जसको मद्दतले तपाईं एक सर्कलको माध्यमबाट कुनै पनि इमेजबाट सामग्री, इमेज सर्च गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले होम बटन वा नेभिगेशन बारलाई लामो समयसम्म थिचेर राख्नुपर्छ, त्यसपछि तपाईं आफ्नो स्क्रिनमा कुनै पनि टेक्स्ट, इमेज वा भिडियोलाई सर्कल वा हाइलाइट गर्न सक्नुहुन्छ । गूगलले त्यो कन्टेन्ट, इमेजको आधारमा सर्च गर्नेछ ।

भ्वाइस सर्च

यो सर्चलाई प्रयोग गर्ने सबैभन्दा सजिलो तरिका हो । यसका लागि तपाईंले गूगलको भ्वाइस सर्चको माध्यमबाट केवल बोल्दै आफ्नो क्वेरी खोज्नुपर्छ । 

प्रयोगकर्ताहरूले केवल 'हे गूगल’ भनेर यसलाई सक्रिय गर्नुपर्छ । त्यसपछि आफ्नो प्रश्न सोध्नुहोस् र भ्वाइस असिस्टेन्टले तुरुन्तै तपाईंलाई आवश्यक नतिजा देखाउनेछ । 

गूगल लेन्स

गूगल लेन्स, पनि एक उन्नत टूल हो, जसमा तपाईं कुनै पनि इमेजको मद्दतले त्यसको जानकारी प्राप्त गर्न सक्नुहुन्छ । यो एक एआई–संचालित फिचर हो, जसले तपाईंको क्यामेरा वा ग्यालरीमा भएका फोटोहरूलाई विश्लेषण गरेर एक सही र एक्यूरेट नतिजा दिन्छ । यो एक स्ट्यान्डअलोन एपको साथै गूगल सर्च बारमा माइक आइकनको छेउमा उपलब्ध छ ।

एडभान्स सर्च

​​​​​​​यदि तपाईं एडभान्स सर्चको खोजीमा हुनुहुन्छ भने गूगलले तपाईंलाई यसको पनि विकल्प दिएको छ । यसका लागि तपाईं गूगलको एडभान्स सर्च सुविधाको प्रयोग गर्न सक्नुहुन्छ । यस टूललाई तपाईं google.com/advanced_search मा पाउन सक्नुहुन्छ ।

यसमा तपाईंलाई विभिन्न फिल्टर्स र फीड अपरेटरको विकल्प मिल्छ । यसका अलावा तपाईं कुनै साइट वा डोमेन, स्थान, भाषा, फाइल प्रकार, प्रयोग अधिकारको आधारमा आफ्नो सर्चलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ ।