कीवर्डहरू -

हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस

हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस

हुवावे नेपालले  महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकताका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हुवावे नेपालले हात्तीसारस्थित हुवावे टावरमा महिला स्वास्थ्य जागरूकता सत्र आयोजना गरेको थियो । 

महिलाहरूमा व्यापक रूपमा देखिने–पाठेघरको क्यान्सर र पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) मा केन्द्रित गर्दै महिला कर्मचारीहरूका लागि महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम  गरिएको ह्वावेको भनाइ छ । 

महिला स्वास्थ्य विशेषज्ञले पाठेघरको क्यान्सर र पोलिसिस्टिक ओभरी सिन्ड्रोमका जोखिम कारकहरू, यसका लक्षणहरू र रोकथामका उपायहरू साथै उपचारका विकल्पहरूबारे विस्तृत जानकारी दिएका थिए ।

छलफलमा पाठेघरको क्यान्सर र पिसिओएस लगायत धेरै स्वास्थ्य समस्याहरूलाई प्रारम्भिक स्क्रिनिङ जीवनशैली परिमार्जन र समयमै चिकित्सा चेकजाँच मार्फत व्यवस्थापन वा रोकथाम गर्न सकिन्छ भन्ने कुरामा पनि जोड दिइएको थियो ।

लैंगिक समावेशिता र कर्मचारी कल्याण पहलहरूको हिस्साको रूपमा हुवावे नेपालले कार्यस्थलको स्वास्थ्यकर वातावरण सुनिश्चित गर्न हावा गुणस्तर, पानीको गुणस्तर र खाद्य सुरक्षाको नियमित अनुगमनमार्फत स्वास्थ्यको सुनिश्चितता गर्दै आएको छ।

पर्यावरण, स्वास्थ्य, र सुरक्षा नीतिअन्तर्गत, कम्पनीले आगलागी नियन्त्रण अभ्यास तथा अन्य कार्यस्थल सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी उच्चतम व्यावसायिक स्वास्थ्य र सुरक्षाका मापदण्डहरू कायम राख्ने कार्य गर्दै आएको छ। यस्ता पहलहरूमार्फत हुवावे नेपालले सबै कर्मचारीहरूको लागि स्वास्थ्य, समावेशी र सशक्त कार्यस्थल निर्माण गर्न खोजेको देखिन्छ ।