आजको समयमा हामीहरू इन्टरनेटमा घण्टौँ समय बिताउँछौं । मनोरञ्जनका लागि होस् या जानकारी लागि होस्, इन्टरनेटमा खोजिहाल्छौं ।
त्यसका लागि हामी एप तथा वेबसाइटको प्रयोग गर्छौं । तर, के तपाईंलाई थाहा छ ? मानिसहरू कुन एप वा बेबसाइटमा धेरै समय बताउछन् ?
ब्याकलिंकओको अनुसार आज हामी केही यस्ता साइटहरूको बारेमा बताउने गइरहेका छौँ, जसको प्रयोग धेरै हुन्छ ।
गुगल
गुगलको प्रयोग विश्वभरि सबैभन्दा धेरै हुन्छ । कुनै पनि कुराको जानकारी लिनुपर्यो भने सबैभन्दा पहिले गुगल नै सम्झना आउँछ । सम्भवतः तपाईंले यो समाचार पनि गुगलकै क्रोम मार्फतनै पढ्दै हुनुहुन्छ । गुगलमा मासिक भिजिटहरूको संख्या ८३.१ अर्ब छ ।
युट्युब
भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबको क्रेज पनि कम छैन् । यहाँ हरेक महिनामा २९.६ अर्ब भिजिटहरू हुन्छन् । युट्युबको पेरेन्ट कम्पनी गुगल हो । यसलाई किन्ने क्रममा सन् २००६ मा गुगलले १.६५ अर्ब अमेरिकी डलर खर्च गरेको थियो ।
फेसबुक
सोसल मिडिया प्लेटफर्म फेसबुक सबैभन्दा धेरै प्रयोग हुने वेबसाइटहरूको सूचीमा तेस्रो नम्बरमा पर्छ । यहाँ हरेक महिना समय बिताउने करोडौँ प्रयोगकर्ताहरू छन् । फेसबुकमा १२.७ अर्ब मासिक भिजिट हुन्छन् । मेटा कम्पनीको स्वामित्वमा रहेको यो प्लेटफर्म फेब्रुअरी २००४ मा सुरु भएको थियो ।
इन्स्टाग्राम
सूचीमा पुनः मेटाको स्वामित्वमा रहेको अर्को प्लेटफर्म इन्स्टाग्राम छ । इन्स्टाग्राममा हरेक महिनामा ५.९ अर्ब भिजिट हुन्छन् । यो प्लेटफर्म २०१० मा सुरु भएको हो ।
एक्स डट कम
माइक्रोब्लगिङ प्लेटफर्म एक्स (पहिले ट्विटर) सबैभन्दा धेरै प्रयोग हुने वेबसाइटहरूको सूचीमा पाँचौँ नम्बरमा पर्छ । यहाँ हरेक महिना ४.७ अर्ब भिजिट हुन्छन् । एलन मस्कले यसलाई किनेर ट्विटरको नाम परिवर्तन गरी एक्स राखेका हुन् ।
ह्वाट्सएप
सिमिलर वेबको डाटाका अनुसार, ह्वाट्सएपमा हरेक महिनामा ४.५ अर्ब भिजिट हुन्छन् । यो सबैभन्दा धेरै प्रयोग हुने वेबसाइटहरूको सूचीमा छैठौँ नम्बरमा पर्छ । यो एक मेसेजिङ प्लेटफर्म हो । यहाँ भिडियो, फोटो, लोकेसन, र कन्ट्याक्ट नम्बर जस्ता कुरा शेयर गर्न सकिन्छ ।
ब्याकलिंकओको अनुसार, एक स्मार्टफोन प्रयोगकर्ताले दैनिक २ घण्टा २६ मिनेट सामाजिक सञ्जालमा बिताउँछन् । पछिल्ला केही वर्षहरूमा सामाजिक सञ्जाल प्रयोग गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ । पूर्वी र मध्य अफ्रिकामा प्रत्येक ११ मध्ये एक जना व्यक्ति सामाजिक सञ्जाल प्रयोग गर्छन् ।