एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान खरिद गर्न चाहनेहरूका लागि एक विशेष योजना ल्याएको छ । यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमाड्रा इभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने कम्पनीको विश्वास छ ।
यस नयाँ योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।
यस योजनामा माउन्टेन ईभीको लागि ९ लाख ९९ हजार लाख र टीएम वानको लागि ५ लाख ९९ हजार रूपैयाँसम्मको डाउन पेमेन्ट पनि समावेश छ । यसका साथै, ग्राहकहरूले आर्थिकवर्ष २०८१/८२ को लागि एकवर्षको नि:शुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरूको आनन्द लिन सक्ने छन् ।
घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि नि:शुल्क पाउने छन् । यो सीमित-समयको अफरमाघ १ गतेदेखिमाघ ३० गतेसम्म उपलब्ध हुनेछ ।