कीवर्डहरू -

अब ह्वाट्सएपबाटै रिल हेर्न सकिने

अब ह्वाट्सएपबाटै रिल हेर्न सकिने

ह्वाट्सएपको प्रयोग फोटो–भिडियो सेयरिंग र टेक्स्ट गर्ने मात्रै होइन, भिडियो कलिङको लागि पनि गरिन्छ । तर अब तपाईं ह्वाट्सएपबाट पनि इन्स्टाग्रामजस्तै रीलहरू हेर्न सक्नुहुनेछ ?

तपाईंलाई विश्वास नलाग्न सक्छ, तर मेटा एआईको माध्यमबाट यो सम्भव छ । तपाईंको ह्वाट्सएपमा देखिने नीलो गोलाले यस कार्यलाई सजिलैसँग गर्छ ।

यसका लागि तपाईंले सानो विधि मात्र पालना गर्नुपर्छ। ह्वाट्सएपमा रील हेर्नका लागि धेरै झन्झट गर्न आवश्यक छैन् । तपाईंले केवल मेटा एआईमा सानो प्रम्प्ट दिनुपर्छ । 

यदि तपाईं रीलमा क्लिक गर्नुहुन्छ भने तपाईंलाई इन्स्टाग्राम अकाउन्टमा पठाइनेछ । यसको मतलब, रील त तपाईं इन्स्टाग्राममै हेर्नुहुनेछ, तर तरिका अलि फरक हुनेछ ।

यहाँ तपाईं आफ्नो मनपर्ने इन्फ्लुएन्सरको रील पनि हेर्न सक्नुहुन्छ । त्यसका लागि पनि यही विधि पालना गर्नु पर्ने हुन्छ ।