कीवर्डहरू -

एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, को को भए विजेता ?

एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, को को भए विजेता ?

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० भव्य रूपमा सम्पन्न भएको छ । नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौँको प्रतिष्ठित ह्यात रेजेन्सी होटल, चाबहिलमा आयोजना गरिएको थियो ।

उक्त  कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाहरूको सहभागिता रहेको थियो । यस वर्षको विजेता डीएल अपलोडलाई ४ लाख नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरिएको छ । उपविजेताको रुपमा मेल्ट डाउनलाई २ लाख नगद र खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै १ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

विशिष्ट पाहुना र नेतृत्व कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र विशेष अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका थिए । 

उक्त कार्यक्रममा बोल्दै, विशेष अतिथि चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । प्रमुख अतिथि प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको पनि औँल्याए ।

डीएल अपलोड,मेल्ट डाउन,खेतीपाती अर्गानिक्स, ⁠ज्ञान बजार, ई–कागजपत्र, ⁠माच२० अर्बिटल्स र स्मार्टपालिका अवार्डको उत्कृष्ट ७ मा पुग्न सफल भएका थिए ।