कीवर्डहरू -

रियलमी नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी नेपालमा सार्वजनिक

रियलमी नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी नेपालमा सार्वजनिक

सर्वाधिक विश्वसनीय मोबाईल ब्राण्ड, रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनका साथ युवाहरूलाई लक्षित गर्दै रियलमीले नेपालमा नयाँ फोन सार्वजनिक गरेको हो ।

एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टमको साथ जेन जि प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।

उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो “रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपाली बजारमा ल्याउन पाउँदा निकै हर्षित छौं । रियलमीका यी फोनहरूले सुपथ मूल्यमै ग्राहकहरूको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिन्छ । हामी विश्वस्त छौं कि यी स्मार्टफोनहरूले नेपालको उद्योगमा नयाँ आयाम ल्याउनेछ ।” 

रियलमी नार्जो ७० प्रो फाइभजी

रियलमी नार्जो ७० प्रो फाइभजीमा आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा राखिएको छ । यसले अरु फोन भन्दा फरक र उत्कृष्ट फोटोग्राफी गर्ने कम्पनीको दावी छ ।

यो फोनमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्लेको साथमा २००० निटस् लोकल पिक ब्राइटनेस सुविधा रहेको छ । डाइमेन्सीटी ७०५० फाइभजी चिपसेटद्वारा संचालित रियलमी नार्जो ७० प्रो फाइभजीले उत्कृष्ट प्रफर्मेन्स दिने रियलमीको भनाइ छ । 

यो चिपसेटले आधुनिक स्मार्टफोन प्रयोगकर्ताहरूको माग पूरा गर्दै सहज मल्टिटास्किङ, गेमिङ र समग्र प्रणालीको कार्यसम्पादन सहयोग गर्नेछ । 

फोनमा​​​​ ५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जर छ । ​​​​​​​​​ ८ जीबी र्‍याम र २​५६ जीबी स्टोरेज रहेकोरियलमी नार्जो ७० प्रो फाइभजीको बजार मूल्य ३३ हजार ९९९ रूपैयाँ रहेको छ ।

रियलमी १२ एक्स फाइभजी

​​​​​​​रियलमी १२ एक्स फाइभजीमा भएको ५० मेगापिक्सेलको कलर एआई क्यामेराले सिनेमेटिक पोट्रेट फोटोग्राफी खिच्न सहज बनाउने छ । फोनको पछाडि रहेको २ मेगापिक्सेलको क्यामेराले एकदमै राम्रो र सफा फोटोहरु खिच्ने कम्पनीले जानकारी दिएको छ ।  

सेल्फीका लागि, यो फोनले फोटो, भिडियो, पानो, पोट्रेट, नाइट, र टाइम–लेप्स जस्ता विभिन्न फोटोग्राफीका लागि ८ मेगापिक्सेल इन–डिस्प्ले सेल्फी क्यामेरा राखिएको छ ।

​​​​​​​रियलमी १२ एक्स फाइभजीमा ६.७२ ईन्चको १२० हर्ज एफएचडी प्लस डिस्प्ले छ जसले ९५० निटस्सम्मको ब्राईटनेस प्रदान गर्दछ । यसको चुस्त रिफ्रेस रेटले प्रयोगकर्ताहरुलाई सहज स्क्रोलिङ्गको सुविधा दिनेछ । 

यो फोनमा भएको ५००० एमएएचको ब्याट्रीले ४५ वाटको सुपरभोक चार्जिङ्ग प्रणालीमा काम गर्छ, जसले गर्दा थोरै समय चार्ज गर्दा पनि लामो समयसम्म चार्ज टिक्छ । यो फोनको खरिदमा एउटा ४५ वाटको चार्जिङ्ग एडप्टर र टाईप सी यूयसबी पोर्ट पाउन सकिन्छ । 

​​​​​​​७.६९ मिलिमिटरको मोटाई र करिब १८८ ग्रामको तौल भएको रियलमी १२ चुस्त ५जी पातलो र एकदमै रुचाईएको डिजाइनमा उपलब्ध छ । यो फोन ट्वाईलाईट पर्पल र वूडल्याण्ड गरी दुई रङ्गहरुमा उपलब्ध छन् । यसका साथै हरेक फोनको खरिदमा ग्राहकहरुले आवश्यक सामानहरु प्राप्त गर्न सक्नेछन्, जस्तै यूएसबी टाईप सी केबल, सिमकार्ड निडल, स्क्रिन प्रोटेक्टर फिल्म, र सुरक्षाको लागि प्रोटेक्टीभ केस । 

मिडिया टेक डाईमेन्सीटी ६१०० प्लस फाइभजी चिपसेटद्वारा संचालित रियलमी १२ एक्स५जीमा अत्याधुनिक सिक्स एनएम टीएसएमसी प्रोसेसर प्रयोग गरिएको हुन्छ । यो चिपसेट र अक्टा–कोरा सीपीयूमा छ ।

८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको रियलमी १२ एक्स फाइभजीको मूल्य २४ हजार ९९९ रूपैयाँ रहेको छ । यी दुबै फोनहरु नेपालका सम्पूर्ण आधिकारिक रियलमी बिक्रेताहरु मार्फत उपलब्ध छ ।