कीवर्डहरू -

बैंक खाताबाट पैसा चोर्ने मेड्युसा ट्रोजनले पुनः आक्रमण गर्दै

बैंक खाताबाट पैसा चोर्ने मेड्युसा ट्रोजनले पुनः आक्रमण गर्दै

मेडुसा बैंकिङ ट्रोजन फेरि फर्किएको छ । सन् २०२० मा यसको पहिचान भएको थियो र त्यसको चार वर्षपछि यो फेरि फर्किएको छ ।

अब यो पहिलेको तुलनामा बढी खतरनाक भएको छ । मेड्युसाको अपग्रेडेड संस्करण आएको छ जुन बढी खतरनाक छ । नयाँ संस्करणलाई लिएर भनिएको छ कि यो पहिलाको तुलनामा बढी शक्तिशाली छ र धेरै जनालाई लक्षित गरि सार्वजनिक गरिएको हो ।

साइबर सुरक्षा फर्म क्लिफीले मेड्युसाको नयाँ संस्करणको बारेमा जानकारी दिएको छ । मेड्युसा प्राथमिक रूपमा एन्ड्रोइड डिभाइसलाई आफ्नो निशाना बनाउँछ । अन्य बैंकिङ ट्रोजन जस्तै यो पनि आफैंलाई फोनमा लुकाउँछ र बैंक खाता सम्बन्धित सबै जानकारी सङ्कलन गर्छ ।

फर्मले आफ्नो रिपोर्टमा भनेको छ कि मेड्युसाट्यांगलबोटको एक प्रकार हो जुन एन्ड्रोइड डिभाइसमा पुगेपछि ह्याकरहरूलाई पूरा नियन्त्रण दिन्छ । यो प्रयोगकर्ताको जासूसी पनि गर्छ र केवल बैंकिङ एप्समा मात्र आक्रमण गर्छ ।

मेड्युसालाई मानिसहरूको फोनमा एसएमएस लिंक मार्फत पठाइएको छ । रिपोर्टमा भनिएको छ कि मेड्युसा गुगल प्ले–स्टोरमा उपलब्ध छैन् । यसैले प्ले–स्टोरमार्फत यो कुनै फोनमा पुग्न सक्दैन् ।