कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने बताएकी हुन् । 

‘आगामी आवमा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सञ्‍चालन गरी सूचना प्रविधिको सुरक्षित प्रयोगको आधार तयार गरिनेछ,’ उनले भनिन, ‘सूचना प्रविधिको क्षेत्रमा विद्यमान डिजिटल डिभाईडलाई न्यूनिकरण गर्न विपन्न वर्गसम्म पहुँच वृद्धि गरी यस क्षेत्रलाई सामाजिक-आर्थिक रुपान्तरणको क्षेत्रको रूपमा विकास गरिनेछ । यसका लागि नीतिगत, कानूनी संरचनागत सुधार गरिनेछ ।’

सूचना प्रविधिलाई दैनिक जीवनको आधारको रूपमा विकास गरी सुरक्षित र व्यवस्थित प्रयोग गर्न यस क्षेत्रमा थुप्रै काम गर्नुपर्ने उनको भनाइ छ ।