बागमती
उपत्यकाका सार्वजनिक सवारी प्रविधिमैत्री बन्दै, जडान भए क्यामेरा र जिपिएस
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत हालसम्म तीन हजार ३०३ वटा सवारी साधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुको सुरक्षा सुनिश्चित गर्न, सवारी सञ्चालनको निगरानी प्रभावकारी बनाउन तथा सार्वजनिक यातायात क्षेत्रमा हुने अनियमितता नियन्त्रण गर्न यस्ता प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको हो ।
सार्वजनिक यातायातमा क्यामेरा र जिपिएस प्रणाली अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा आएपछि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले नियमित अनुगमनलाई तीव्र बनाएका छन् । यसको प्रभावस्वरूप यातायात व्यवसायीहरूले पनि आफ्ना सवारी साधनमा आवश्यक उपकरण जडान गर्न थालेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सार्वजनिक यातायातमा हुने विभिन्न गुनासो तथा विवाद समाधानमा प्रविधिले महत्वपूर्ण भूमिका खेल्नेछ ।
यात्रुसँग हुने दुर्व्यवहार, तोकिएभन्दा बढी भाडा असुल्ने प्रवृत्ति तथा सवारी सञ्चालनसम्बन्धी गतिविधिको निगरानी गर्न ड्यासक्यामेरा र सिसीक्यामेरा प्रभावकारी माध्यम बन्ने उनको भनाइ छ ।
उनले दुर्घटनाको अवस्थामा वास्तविक तथ्य पहिचान गर्न पनि क्यामेरा प्रणाली उपयोगी हुने बताए । “सवारी दुर्घटनापछि दोष निर्धारणका विषयमा विभिन्न विवाद उत्पन्न हुने गरेका छन् । क्यामेराबाट प्राप्त दृश्यले घटनाको वास्तविक अवस्था स्पष्ट पार्न सहयोग पुर्याउँछ,” उनले भने ।
जिपिएस प्रणालीले सवारीधनीलाई आफ्नो गाडीको अवस्थाबारे वास्तविक समयमै जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ । गाडी कुन स्थानमा छ, कस्तो गतिमा सञ्चालन भइरहेको छ तथा निर्धारित मार्गमै छ कि छैन भन्ने विवरण जिपिएसबाट निगरानी गर्न सकिने भएकाले यसले व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार सवारीभित्र जडान गरिएका क्यामेराले यात्रु र चालकबीच उत्पन्न हुने विवाद, हराएका सामानको खोजी तथा अन्य घटनाको अनुसन्धानमा समेत सहयोग पुर्याउनेछन् ।
यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि सार्वजनिक सवारीमा प्रविधिको प्रयोगलाई सकारात्मक रूपमा लिएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले यात्रुको सुरक्षा र सेवा गुणस्तर सुधारका लागि क्यामेरा तथा जिपिएस प्रणाली आवश्यक रहेको बताए ।
उनले यस्ता उपकरण जडानसम्बन्धी स्पष्ट कार्यविधि र मापदण्ड सरकारले तय गरेमा देशभरका सार्वजनिक सवारीमा त्यसको कार्यान्वयन सहज हुने धारणा व्यक्त गरे ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस प्रणाली अनिवार्य गर्ने लक्ष्य राखिएको छ ।
उनले प्रविधिको प्रयोग विस्तार भएसँगै सार्वजनिक यातायात क्षेत्रमा जवाफदेहिता बढ्ने, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने तथा यात्रुको गुनासो व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
सार्वजनिक यातायात क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा यात्रुको सुरक्षा सुदृढ हुनुका साथै सेवा प्रवाहलाई व्यवस्थित र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
बागमती
काठमाडौं महानगरको नीति सार्वजनिक : डिजिटल रूपान्तरण र स्मार्ट शहरी विकासमा जोड
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । …
ललितपुर महानगरपालिकाको वेबसाइट ह्याक, अनधिकृत सामाग्री देखियो
ललितपुर । ललितपुर महानगरपालिकाको आधिकारिक वेबसाइट (lmc.gov.np) ह्याक भएको आशंका गरिएको छ । वेबसाइटमा अन…
टिचिङ अस्पतालमा डिजिटल ओपीडी सेवा विस्तार गर्न काठमाडौं महानगरको १ करोड ७० लाखको सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० …
डिजिटल सेवा सुधारतर्फ काठमाडौं महानगर, SDOC मार्फत प्रणाली विकास र सञ्चालन गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न विभागहरूको सूचना प्रविधि तथा डिजिटल प्रणाली विकास, खरिद, सञ्चाल…
सेवा प्रवाहमा डिजिटल सुधार : ललितपुर महानगरको नयाँ मोडल चर्चामा
ललितपुर । ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको एकद्वार सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । नागरिकलाई स…
काठमाडौं वडा १७ मा स्मार्ट गभर्नेन्स, एआई मार्फत नागरिक सेवा सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अत्याधुनिक ‘कलबो…
काठमाडौं प्रशासनको नयाँ व्यवस्था : राहदानी अब घरमै पुग्ने
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले राहदानी वितरणलाई सहज बनाउन अब हुलाकमार्फत घरमै पुर्याउने…
काठमाडौंमा बढ्दो अनलाइन ठगी : एक महिनामै २६१ उजुरी
काठमाडौं । काठमाडौंमा पछिल्लो समय डिजिटल माध्यमसँग जोडिएका अपराधहरू तीव्र रूपमा बढ्दै गएका छन्, जसले सुरक्षा…
बागमती प्रदेशका सभामुख भन्छनः सरकारी वेबसाइट सुरक्षित छैनन्
बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षि…
बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने
बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । बुधबार आगाम…
मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा बागमती प्रदेश अगाडि
प्रतिखाता एटिएम, मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा बागमति प्रदेश अगाडि रहेको …
३० वटा विद्युतीय बस खरिद गर्दै बागमती प्रदेश
बागमती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । बागम…
बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स घर घरमै पुर्याउने
बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै उपलब्ध गराउने भएको छ …