कीवर्डहरू -

बागमती

चितवन निकुञ्जमा अनलाइन टिकटको व्यवस्था, क्यूआर कोड देखाएर प्रवेश गर्न सकिने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरबाटै अनलाइनमार्फत प्रवेश टिकट काट्न सक्ने भएका छन् । निकुञ्जले टिकट खरिद प्रक्रियालाई सहज र छरितो बनाउने उद्देश्यले ई-टिकटिङ प्रणाली सञ्चालनमा ल्याएको हो ।

पहिलो चरणमा सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने पर्यटकका लागि अनलाइन टिकट काट्ने व्यवस्था गरिएको छ । यसको परीक्षणबाट प्राप्त नतिजाका आधारमा अन्य प्रवेश नाकामा समेत सेवा विस्तार गरिने निकुञ्जले जनाएको छ ।

यसअघि निकुञ्ज प्रवेशका लागि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायीले भौतिक रूपमा उपस्थित भएर नगद भुक्तानी गर्नुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्नुका साथै प्रवेश प्रक्रियालाई प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।

बिहीबार चितवन क्षेत्र नं. १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले ई-टिकटिङ प्रणालीको उद्घाटन गरेका हुन् ।

वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जमा ई–टिकटिङ प्रणाली लागू गर्न लामो समयदेखि प्रयास हुँदै आएको थियो । शिवपुरी राष्ट्रिय निकुञ्जमा विद्युतीय टिकट प्रणाली सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता थप महसुस गरिएको उनले बताए । 

चितवन राष्ट्रिय निकुञ्जको कुल राजस्वमध्ये करिब ७० देखि ७५ प्रतिशत सौराहा क्षेत्रबाट सङ्कलन हुने र अधिकांश पर्यटक पनि यही क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने भएकाले पहिलो चरणमा सौराहाबाट सेवा सुरु गरिएको उनको भनाइ छ । नयाँ प्रणाली प्रयोग गर्न पर्यटकले आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि क्यूआर कोड प्राप्त गर्नेछन् । 

उक्त कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिनेछ । प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको आधिकारिक फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने पुनले जानकारी दिए ।

सांसद ढकालले पर्यटन व्यवसायी र आफ्नो निरन्तरको पहलपछि सौराहामा ई-टिकटिङ प्रणाली सुरु गर्न सम्भव भएको बताए । दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उनले उल्लेख गरे ।

प्रविधिमा आधारित नयाँ प्रणाली सुरु गर्दा प्रारम्भिक चरणमा केही अन्योल र प्राविधिक समस्या आउन सक्ने भएकाले तिनलाई समाधान गर्दै प्रणालीलाई व्यवस्थित र व्यावहारिक बनाउनुपर्नेमा उनले जोड दिए । पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेटेर प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

टिकटिङ प्रणालीमा पर्यटन व्यवसायीको संरक्षणप्रतिको योगदान र प्रतिबद्धता झल्किने विवरणसमेत समावेश गर्न सके स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्न सकिने उनले बताए ।

साथै, निकुञ्ज प्रवेशका लागि काटिएको टिकट हाल एक दिनका लागि मात्र मान्य हुने व्यवस्था परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउन पहल भइरहेको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा, माडी, कुजौली, नवलपरासी र अमलटारीलगायतका नाकाबाट पर्यटक प्रवेश गर्छन् । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालनमा रहेको निकुञ्जले जनाएको छ ।

एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्तीलगायतका वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक चितवन पुग्ने गर्छन् । निकुञ्ज कार्यालयका अनुसार प्रवेश शुल्क नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि दुई हजार रुपैयाँ रहेको छ ।

पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा पाँच हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । ई-टिकटिङ प्रणालीमार्फत आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि प्राप्त हुने क्यूआर कोड देखाएर प्रवेश गर्न सकिनेछ ।

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ३१ हजार ३२९ थियो । यसअनुसार एक वर्षमा पर्यटकको सङ्ख्या ४१ हजार ५९४ ले बढेको छ ।

निकुञ्जले गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । पर्यटकको बढ्दो आवागमनलाई व्यवस्थित गर्दै टिकट खरिद र प्रवेश प्रक्रियालाई सहज बनाउन सुरु गरिएको ई-टिकटिङ प्रणाली आगामी दिनमा अन्य प्रवेश नाकामा समेत विस्तार गरिने अपेक्षा गरिएको छ ।

बागमती

भरतपुर धाउनुपर्ने बाध्यता हट्यो, कालिकाबाटै स्मार्ट लाइसेन्स वितरण सुरु

चितवन । सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड लिन भरतपुर पुग्नुपर्ने कालिका नगरवासीको बाध्यता हटेको छ । कालिक…

नागढुंगा सुरुङमार्गभित्र नेपाल टेलिकमको टुजी र फोरजी सेवा सञ्चालन

काठमाडौं । नागढुंगा सुरुङमार्गमा यात्रा गर्ने यात्रुले अब नेपाल टेलिकमको मोबाइल नेटवर्कमार्फत सहजै सम्पर्क गर्न…

विपद्का बेला सामाजिक सञ्जालमा संयम अपनाउन काठमाडौं महानगरको आग्रह

काठमाडौं । विपद्का समयमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत तथा भ्रामक सूचनाले थप समस्या निम्त्याउन सक्ने भन्द…

काठमाडौं महानगरले सञ्चालन गर्‍यो विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवा ब…

‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक : अब मोबाइलमै हेर्न मिल्नेछ गाडीको लोकेसन

काठमाडौं । काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन् । आफूले पर्खिएको ठाउँमा आइ पुग्न…

काउन्टरको लाइन हटाउँदै भरतपुर अस्पताल, अनलाइनबाटै ल्याब रिपोर्ट र ओपीडी टिकट

काठमाडौं । भरतपुर अस्पतालले बिरामीलाई अस्पताल धाइरहनुपर्ने बाध्यता कम गर्न प्रयोगशाला रिपोर्ट अनलाइनबाटै हेर्न…

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्का बैठकलाई पूर्ण रूपमा कागजरहित बनाउँदै ‘इ-क्याबिनेट&rsq…

रुटका सार्वजनिक यातायात सेवा पत्ता लगाउन केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेसन सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन् । आफूले पर्खिएको ठाउँमा आइ पुग्न…

ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता : नागढुंगा सुरुङमार्गको शुल्क डिजिटल माध्यमबाट तिर्न सकिने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला यसको प्रयोगबापत लाग्ने …

वान एक्स बेट चलाउँदै करोडौंको क्रिप्टो कारोबार, बानेश्वरबाट तीन जना पक्राउ

काठमाडौं । अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको बानेश्…

लाइसेन्स प्रणालीमै नयाँ झन्झट : मेडिकलमै सकस, १५० रुपैयाँको शुल्कमा ५०० रुपैयाँ ‘एपोइन्टमेन्ट चार्ज’ माग्दै चिकित्सक

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन प्रणाली लागू गर्दै सेवा …

उद्योग दर्तादेखि नवीकरणसम्म, बागमतीका १३ जिल्लामा सबै सेवा अनलाइनबाटै

काठमाडौं । बागमती प्रदेश सरकारले उद्योग प्रशासनसम्बन्धी सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरेको छ । आग…

ललितपुर ३ मा एआई सहायक सेवा सुरु, अब २४ सै घण्टा अनलाइनबाटै गुनासो दर्ता गर्न सकिने

काठमाडौं । ललितपुर महानगरपालिका ३ ले नागरिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै कृत्रिम बौद्धिकता (एआई) सह…

साउन १ देखि समस्याग्रस्त सहकारीविरुद्ध घरमै बसेर अनलाइन उजुरी दर्ता गर्न सकिने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन १ साउनदेखि अ…

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : अब २४ सै घण्टा स्मार्टफोनबाटै सेवा

काठमाडौं । सरकारी कार्यालयको नाम सुन्नेबित्तिकै आम मानिसको दिमागमा एउटा चित्र बन्छ– लामो लाइन, झन्झटिल…