बागमती
ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता : नागढुंगा सुरुङमार्गको शुल्क डिजिटल माध्यमबाट तिर्न सकिने
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला यसको प्रयोगबापत लाग्ने शुल्कलाई डिजिटल माध्यमबाट संकलन गर्ने व्यवस्था मिलाइने भएको छ । यसका लागि नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंकबीच सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनबाट शुल्क संकलनलाई नगदरहित बनाउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि सुरुङमार्गमा प्रवेश तथा उपभोगबापतको शुल्क आरएफआईडी र क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था हुनेछ । आरएफआईडी प्रणालीबाट सवारीसाधनको पहिचान गरी शुल्क व्यवस्थापन गरिनेछ भने सवारी धनीले क्यूआर कोड स्क्यान गरेर शुल्क तिर्न सक्नेछन् ।
यसबाट नगद बोकेर शुल्क बुझाउनुपर्ने बाध्यता हट्नुका साथै भुक्तानी प्रक्रिया छरितो, सुरक्षित र पारदर्शी हुने अपेक्षा गरिएको छ । सम्झौतापत्रमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरेका छन् ।
सरकारले सडक बोर्ड ऐन, २०५८ को व्यवस्थाअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट उपभोग शुल्क उठाउने निर्णय गरिसकेको छ । यसका लागि राजपत्रमा सूचना प्रकाशित गरी सवारीसाधनको वर्गअनुसार शुल्क समेत निर्धारण गरिएको छ ।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस तथा मिनी ट्रक/टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, बस तथा सिंगल रियर एक्सल ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । मल्टी एक्सल ट्रक, भारी सवारीसाधन तथा हेभी इक्विपमेन्टका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ ।
महासंघका अध्यक्ष बाँनियाले डिजिटल भुक्तानी व्यवस्था लागू भएपछि सुरुङमार्ग नियमित प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई शुल्क तिर्न सहज हुने बताए । आरएफआईडी तथा क्यूआर प्रविधिको प्रयोगले शुल्क संकलनलाई व्यवस्थित गर्नुका साथै यातायात क्षेत्रमा डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्ने उनको भनाइ छ ।
नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा नागढुंगा–सिस्नेखोला सुरुङ सञ्चालनमा आएपछि यातायात पूर्वाधारसँगै डिजिटल सेवा प्रवाहको क्षेत्रमा पनि नयाँ अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।
बागमती
ललितपुर ३ मा एआई सहायक सेवा सुरु, अब २४ सै घण्टा अनलाइनबाटै गुनासो दर्ता गर्न सकिने
काठमाडौं । ललितपुर महानगरपालिका ३ ले नागरिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै कृत्रिम बौद्धिकता (एआई) सह…
साउन १ देखि समस्याग्रस्त सहकारीविरुद्ध घरमै बसेर अनलाइन उजुरी दर्ता गर्न सकिने
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन १ साउनदेखि अ…
सरकारी कार्यालयमा ‘टिङ टिङ’ : अब २४ सै घण्टा स्मार्टफोनबाटै सेवा
काठमाडौं । सरकारी कार्यालयको नाम सुन्नेबित्तिकै आम मानिसको दिमागमा एउटा चित्र बन्छ– लामो लाइन, झन्झटिल…
उपत्यकाका सार्वजनिक सवारी प्रविधिमैत्री बन्दै, जडान भए क्यामेरा र जिपिएस
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने अभि…
बागमतीको बजेटमा ‘समृद्ध प्रदेश’को खाका : उद्योग, कृषि र डिजिटल क्रान्तिको योजना
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्व…
बागमती प्रदेशको ६६ अर्बको बजेट सार्वजनिक, पूर्वाधार र उद्यमशीलतामा जोड
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोडभन्दा बढीको बजेट सार्वजनिक…
ललितपुर महानगरमा ई-चलान सुरु, अब क्यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न सकिने
काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी साधन पार्किङ उल्लंघन तथा नगर प्रहरीसम्बन्धी कारबाहीलाई थप व्यवस्थित र…
काठमाडौं महानगरको नीति सार्वजनिक : डिजिटल रूपान्तरण र स्मार्ट शहरी विकासमा जोड
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । …
ललितपुर महानगरपालिकाको वेबसाइट ह्याक, अनधिकृत सामाग्री देखियो
ललितपुर । ललितपुर महानगरपालिकाको आधिकारिक वेबसाइट (lmc.gov.np) ह्याक भएको आशंका गरिएको छ । वेबसाइटमा अन…
टिचिङ अस्पतालमा डिजिटल ओपीडी सेवा विस्तार गर्न काठमाडौं महानगरको १ करोड ७० लाखको सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० …
डिजिटल सेवा सुधारतर्फ काठमाडौं महानगर, SDOC मार्फत प्रणाली विकास र सञ्चालन गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न विभागहरूको सूचना प्रविधि तथा डिजिटल प्रणाली विकास, खरिद, सञ्चाल…
सेवा प्रवाहमा डिजिटल सुधार : ललितपुर महानगरको नयाँ मोडल चर्चामा
ललितपुर । ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको एकद्वार सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । नागरिकलाई स…
काठमाडौं वडा १७ मा स्मार्ट गभर्नेन्स, एआई मार्फत नागरिक सेवा सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अत्याधुनिक ‘कलबो…
काठमाडौं प्रशासनको नयाँ व्यवस्था : राहदानी अब घरमै पुग्ने
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले राहदानी वितरणलाई सहज बनाउन अब हुलाकमार्फत घरमै पुर्याउने…
काठमाडौंमा बढ्दो अनलाइन ठगी : एक महिनामै २६१ उजुरी
काठमाडौं । काठमाडौंमा पछिल्लो समय डिजिटल माध्यमसँग जोडिएका अपराधहरू तीव्र रूपमा बढ्दै गएका छन्, जसले सुरक्षा…