कीवर्डहरू -

ग्याजेट्स

ल्यापटप स्लीप मोडमा राख्ने वा शटडाउन गर्ने ?

प्रविधिको विकाससँगै कार्यालयको धेरै काम आजभोलि ल्यापटबाटै हुन्छ । धेरैको हातमा मोबाइल भएपनि सजिलोका लागि ल्यापटको प्रयोग अझै पनि बढ्दो छ ।

समय समयमा ल्यापटपको प्रयोग गर्नुपर्ने हुँदा धेरै प्रयोगकर्ताहरूले ल्यापटपलाई स्लीप मोडमा राख्छन्  र आवश्यक परेको बेला खोल्छन् । बेला बेला ल्यापटप खोल्नु पर्ने झन्झटबाट मुक्त धेरैले यो विधि अपनाउँछन् ।

स्लीप मोड पनि प्रयोगकर्ताका लागि उपयोगी मोड हो तर ल्यापटप शटडाउन गर्नु धेरै कुराले उपयोगी मानिन्छ । कस्तो अवस्थामा ल्याटपलाई स्लीप मोडमा राख्ने वा शटडाउन गर्ने ? आज हामी जानकारी दिदैछौं ।

ल्यापटप किन शर्टडाउन गर्नु पर्छ ?

ब्याट्री

यदि तपाईंले ल्यापटपलाई स्लीप मोडमा राख्नुभयो भने, यो मोडमा ल्यापटप ब्याट्री सक्रिय रहन्छ भनेर बुझ्न आवश्यक छ । यदि तपाई प्रत्येक पटक यो मोडमा ल्यापटप सक्रिय राख्नुहुन्छ भने ल्यापटपको ब्याट्री ड्रेनको समस्या हुन सक्छ ।

३०० चार्ज चक्र पूरा भएपछि ल्यापटपको ब्याट्री लाइफ छोटो हुन थाल्छ । यस्तो अवस्थामा शटडाउन मोडमा राखे मात्र ब्याट्री ड्रेनबाट बचाउन सकिन्छ । ल्यापटपको लामो जीवनको लागि शटडाउन मोडमा राख्न आवश्यक छ ।

गोपनीयता

ल्यापटपलाई स्लीप मोडमा राखेमा तपाईंको समय बचत हुन सक्छ । तर यसले तपाईंको गोपनीयतालाई जोखिममा पार्न सक्छ । सबै डाटा स्लीप मोडमा सेभ गर्न सकिँदैन् ।

साइबर आक्रमणको बढ्दो घटनालाई ध्यानमा राख्दै ल्यापटप बन्द गर्नु बुद्धिमानी हो । बन्द गरिएको ल्यापटपबाट जानकारी चोरी गर्न ह्याकरहरूको लागि गाह्रो काम हो ।

उपकरणको परफरमेन्स

ल्यापटपलाई स्लीपको सट्टा शटडाउन मोडमा राख्दा परफरमेन्स पनि राम्रो हुने गर्दछ । ल्यापटपलाई स्लीप मोडमा राखेपछि कार्यसम्पादन सुस्त हुन्छ ।

यसो हुनुको कारण ल्यापटपमा रहेका केही फाइलहरू हुन सक्छन्, जसले अतिरिक्त प्रशोधन शक्ति लिन्छन् । साथै, ल्यापटपमा चल्ने प्रोग्रामहरूले पनि मेमोरी प्रयोग गर्न सक्छ । ल्यापटप बन्द हुँदा पृष्ठभूमिमा चलिरहेका सबै प्रोग्रामहरू बन्द हुन्छन्, जसको मद्दतले उपकरणको कार्यसम्पादनमा कुनै नकारात्मक असर पर्दैन् ।

पावर सर्ज

विद्युत् वृद्धि हुनुको अर्थ पावर सर्जलाई कसैले नियन्त्रण गर्न सक्दैन् । पावर सर्जसंग ल्यापटप बिग्रने जोखिम हुन्छ । प्रयोगकर्ताको महत्त्वपूर्ण डाटा पनि हराउन सक्छ ।

यदि ल्यापटप स्लीप मोडमा राख्ने बानी छ भने पावर सर्जका कारण बिग्रन सक्छ । यस्तो अवस्थामा, शटडाउन मोडमा राखेर ठूलो खर्चबाट बच्न सकिन्छ ।

प्रडक्टिभिटी

ल्यापटपलाई स्लीप मोडमा राख्दा सबै ट्याबहरू सक्रिय रहन्छन्, जसले गर्दा प्रयोगकर्ताको उत्पादकत्वमा असर पर्छ । अर्कोतर्फ शटडाउन मोडमा ल्यापटप बन्द हुँदा सबै ट्याबहरू, विन्डोजहरू, फाइलहरूले नयाँ स्टार्ट पाउँछन् र सबै पुराना डाटा खाली भएपछि उत्पादकत्व बढ्छ । ल्यापटपले राम्रोसँग कमा गर्छ ।

ग्याजेट्स

ओपो ए ७८ नेपाली बजारमा सार्वजनिक

ओपोले बिहिबार नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ । यसले एफएचडी प्लस एएमओएलइडी डि…

ओप्पोको फोल्डेबल फोन फाइण्ड एनथ्री सार्वजनिक हुँदै, के के छन् फिचर ?

ओप्पोको फोल्डेबल फोन ओप्पो फाइण्ड एनथ्री चाँडै सार्वजनिक हुने भएको छ । फोनले ओप्पो फ…

हिताचीका नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर बजारमा

हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम …

क्यासपरस्कीका ३ नयाँ प्रडक्ट नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

नेपालमा क्यासपरस्की एन्टिभाइरसका ३ नयाँ प्रडक्ट सार्वजनिक भएका छन् । नेपालका लागि क्य…

वानप्लसले आफ्नो पहिलो फोल्डेबल फोन चाँडैं सार्वजनिक गर्ने 

इलेक्ट्रोनिक कम्पनी वानप्लस आफ्नो पहिलो फोल्डेबल फोनको साथ छिट्टै बजारमा सार्वजनिक हुनेछ । वानप्लसको फोल्डेबल फोनलाई ल…

आइफोनको सेफ्टी फिचरले बचायो कारसहित ४०० फिट गहिराइमा खसेका व्यक्तिको ज्यान

आइफोन सेफ्टी फिचरले एकजना प्रयोगकर्ताको ज्यान बचाएको छ । लस एन्जलसमा कारसहित ४०० फ…

रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस नेपालमा, के के छन् फिचर ?

सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहु-प्रतिक्षित रियलमी ११ प्रो सिरिज फाइ…

चाँडै वानप्लस १२ सार्वजनिक हुने, यस्ता छन् फिचर

वानप्लस अहिले आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीको अर्को फ्ल्य…

इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरसहित आईफोन १५ सिरिज सार्वजनिक हुने 

केही महिनामा आईफोन १५ को सार्वजनिक हुने भएको छ । आईफोन १४ सार्वजनिक हुनु अघि, य…

१८ मिनेटमै फुल चार्ज हुने रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू, ३ हजार फ्ल्याट छुट 

नेपाली बजारमा रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू…

नेपाली बजारमा बोटका दुई स्मार्टवाच र एक ब्लुटुथ स्पिकर, ३४ रूपैयाँमै स्मार्टवाच जित्ने अफर

नेपालमा बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएका  छन् । बोटका ल…

भिभो वाई २७ फाइभजी सार्वजनिक हुँदै

भिभो वाइ २७ फाइभजी चिनियाँ कम्पनीको भि–श्रृङ्खलाका स्मार्टफोनहरूमा सबैभन्दा नयाँ उत्…

ह्वावे नोभा वाई ७१ विश्वव्यापी बजारमा सार्वजनिक

ह्वावे नोभा वाइ ७१ विश्वव्यापी बजारमा सार्वजनिक भएको छ । स्मार्टफोन कम्पनीको मिड रेन्…

ल्यापटप प्रयोग गर्दा धेरै तातिन्छ? यस्तो छ रोक्ने उपाय

ल्यापटपमा काम गर्दा तपाईको डिभाइस बारम्बार तातिन्छ भने आत्तिनु पर्दैन् । गर्मी मौसममा…

रियलमी ११ प्रो सिरिज फाइभजी नेपालमा सार्वजनिक हुँदै

रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज फाइभजी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएक…