ग्याजेट्स
ओपो ए ७६ स्मार्टफोन नेपालमा, कति छ मूल्य ?
ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए ७६ सार्वजनिक गरेको छ । ओपो ए ७६ ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन सार्वजनिक गरेको हो।
ओपो ए-७६मा अभूतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इन्चको पन्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ।
प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ।
ओपो ए-७६को ग्लो डिजाइन हेर्दा आकर्षक हुनुका साथै बोक्दा पनि उत्तिकै सहज छ। यो फिंगरप्रिन्ट र धुलो प्रतिरोधात्मक छ ।
ग्लोइङ ब्ल्यू (निलो) र ग्लोइङ ब्ल्याक (कालो) गरी दुई आकर्षक रंगमा उपलब्ध यो फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड छ।
ठूलो डिस्प्ले भएका कारण यो फोनमा भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव हुन्छ। फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर दिइएको छ।
ओपो ए-७६मा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच् क्षमताको ब्याट्री जडान गरिएको छ। यसमा रहेको फास्ट चार्जिङ प्रविधिको सहायताले फोनलाई ५ मिनेट चार्ज गर्दा ३.५ घण्टाको टकटाइम पाउन सकिन्छ ।
यो फोनका साथमा ओपोले हार्डवेयरका साथै सुपर पावर सेभिङ मोड, सुपर नाइटटाइम स्ट्यान्डबाई र अप्टिमाइज्ड नाइट चार्जिङ लगायत फिचर मार्फत ब्याट्रीको क्षमतामा सुधार दिँदै टिकाउ तथा सुरक्षित प्रयोग अनुभवको सुनिश्चितता प्रदान गरेको छ।
क्वालकम स्न्यापड्रागन ६८० द्वारा सञ्चालित ओपो ए-७६ मल्टिटास्किंङको लागि उपयुक्त छ। ६ जिबी र १२८ जिबी क्षमताका साथ सार्वजनिक यसमा अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा एक टिबी सम्मको माइक्रोएसडीको प्रयोग गर्न सकिन्छ।
ओपो ए ७६मा १.१२ माइक्रोन र एफ २.० एपर्चर सहितको ८ एमपी फ्रन्ट क्यामेरा दिइएको छ । फोनको पछाडि भागमा डुअल रिअर क्यामेरा सेटअप पाउन सकिन्छ । यसको माथिल्लोपट्टी १२ मेगापिक्सल र तलपट्टी सेकेन्डरीका रुपमा २ मेगापिक्सलको क्यामेरा पाउन सकिन्छ।
यो क्यामेराले सिक्सएक्स डिजिटल जुम र लगातार २० वटा कन्टिनुअस ब्रस्ट सट्स सपोर्ट गर्छ। फोनमा रहेको अगाडि र पछाडिको दुवै क्यामेराले एचडिआर सपोर्ट गर्छन्।
कम्पनीले नेपाली बजारमा ओपो ए-७६ निलो र कालो रंग विकल्पमा उपलब्ध गराउँदैछ। यो ६ जिबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज विकल्पमा उपलब्ध हुनेछ । जसको बजार मूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।
ग्याजेट्स
४ जीबी र्यामसहित आईफोन एसई थ्री सार्वजनिक हुने
एप्पलको पछिल्लो आईफोन एसई थ्री सार्वजनिक हुने भएको छ । आईफोन एसई थ्री पनि सन् २०२० …
९ मिनेटमै स्मार्टफोनलाई फूल चार्ज गर्न सक्ने आप्पोको चार्जर
ओप्पोले ९ मिनेटमा चार्ज गर्न सक्ने स्मार्टफोन चार्जरको डेमो दिएको छ ।
…बोटका उत्पादन नेपालमा
इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको संस्था टेलिटक प्राइभेट लिमिट…
प्रिमियम फ्लागशिप रियलमी जिटी २ सिरिज सार्वजनिक गर्दै रियलमी
रियलमीले मोवाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी जिटी २ सिरिज सार्वजनिक गर्ने घोषणा ग…
सामसङको ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ सार्वजनिक, यस्तो छ मूल्य
सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ बज…
सामसुङ एस २२ पहिलो दिनमा नै ५० पिस भन्दा बढी बुकिङ
भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २…
राम्रो ब्याट्री लाइफको फिचरसहित आईफोन १४ उपलब्ध हुने
एप्पलले आईफोन १४ मा राम्रो ब्याट्री लाइफको फिचर राखिने भएको छ । आइफोनमा प्रयोग हुन…
नेपालमा सामसङको ‘एस२२’ सिरिज सार्वजनिक, कति पर्छ मूल्य अनि कस्ता छन् फिचर ?
सामसङ्गले आजदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्…
रियलमी ९ आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?
स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन न…
आइफोन १४ को डिजाइन लिक, आइफोन १४ प्रो र प्रो म्याक्समा ८ जिबी र्याम हुने
एप्पलको आइफोन १४ को डिजाइन लिक भएको छ । एप्पलको सही लिक दिने साईट ईलेकको अनुसार…
आफ्नै कुलिङ सिस्टम भएको रिप्पल नोभा सार्वजनिक, प्रिअर्डरमा १२ हजारसम्म छुट
नेपाली ल्यापटप ब्राण्ड रिप्पलले नयाँ ल्यापटप नोभा सार्वजनिक गरेको छ । कम्पनीले विदेश…
नेपालमै बनेको ल्यापटप रिप्पल नोभा प्रो सार्वजनिक, प्रिअर्डरमा २२ हजारसम्म छुट
रिप्पलले इन्टेलको १२ औँ जेनेरेशन प्रोससर प्रयोग गरिएको नोभा प्रो सार्वजनिक गरेको छ …
एप्पल वाचले पहिले नै थाईराईडको लक्षण पत्ता लगाउन सक्ने
एप्पल वाचले चिकित्सा स्वास्थय भन्दा धेरै छिटो थाईराईडको लक्षण पत्ता लगाउन सक्ने पाइएक…
ग्यालेक्सी एस एटको माग धेरै आएपछि प्रिअडर बन्द
अमेरिकामा ग्यालेक्सी एस एटको धेरै मात्रामा माग आएपछि केही समयका लागि प्रिअडर बन्द …
सामसङको ग्यालेक्सी ट्याब एस एट सार्वजनिक, सबैभन्दा छिटो चल्ने प्रोसेसरको प्रयोग
सामसङको ग्यालेक्सी ट्याब एस एट बुधबार आयोजना गरिएको अनप्याक्ड इभेन्टमा सार्वजनिक गरि…