कीवर्डहरू -

ग्याजेट्स

५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज गर्ने रेड्मी नोट ११ प्रो नेपाली बजारमा, कति छ मूल्य ?

साओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रोमा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ साओमीले रेड्मी नोट ११ प्रो सार्वजनिक गरेको हो ।

क्यामेराको सन्दर्भमा रेड्मी नोट ११ प्रो मा रहेको रियर क्वाड क्यामेरा सेटअपले बिना कुनै सम्झौता उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ ।

हाई– रेजोल्युसन र आश्चर्यजनक रंगहरूमा फोटोहरू क्याप्चर गर्नको लागि  १०८ मेगापिक्सेल मेन क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड–एंगल क्यामेरा, ११८ डग्री भ्युइङ्ग एंगल, २ मेगापिक्सेल  म्याक्रो क्यामेरा, २ मेगापिक्सेलको देप्थ क्यामेरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा फोनमा समावेश गरिएको छ ।

रेड्मी नोट ११ प्रोमा पावर अपको लागि मिडियाटेक हेलियो जि ९६ प्रोसेसर रहेको छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसलाई ६७ वाटको टर्बो चार्जिङले  १५ मिनेटमै ५१ प्रतिशत सम्म चार्ज गर्न सक्छ ।

यसमा २० हर्ज डिस्प्ले रिफ्रेस रेटको साथ ६.६७ इन्च एएफएचडी एएमओएलईडी डटडिस्प्ले रहेको छ । रेडमी नोट ११ ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरि तीन रंगहरूमा उपलब्ध छ ।

फोन ६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज र ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३४ हजार ९९९ रूपैयाँ र ३६ हजार ९९९ रूपैयाँ  रहेको छ ।

ग्याजेट्स

टिसीएल विश्वकै नम्बर वान एन्ड्रोइड टिभी ब्राण्ड

टिसीएल ब्रान्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले ग्लोबल नम्बर…

निरन्तर अक्सिजन लेभल मापन गर्न सक्ने ओप्पो ब्यान्ड

मोबाईल फोनका साथ ओप्पोले विभिन्न वेयरबल स्मार्ट डिभाईसहरु पनि उपलब्ध गराइरहेको सर्व…

रियलमीको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक, ५ मिनेटमा ५० प्रतिशत चार्ज गर्ने

रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक  गरेको छ । विश्वमा सबैभन्दा छ…

ओप्पो फाईन्ड एनमा एन्ड्रोइड १३ बेटा प्रयोग गर्न सकिने 

ओप्पोको पहिलो फोल्डेबल फोन फाईन्ड एनमा एण्ड्रोइड १३ बेटा प्रयोग गर्न सकिने भएको छ । …

३ दिनसम्म ब्याट्री टिक्ने नोकिया जी २१ फोन नेपालमा, मास्क लगाएरै अनलक गर्न सकिने

नोकिया जी सिरिज अन्तर्गत् नेपालमा नयाँ नोकिया जी २१ सार्वजनिक गरेको छ । ६.५ इन्च ड…

घट्यो ओपो ए १६ केको मूल्य, यस्तो छ नयाँ मूल्य 

ओपो ए १६ केको मूल्य घटेको छ । सन् २०२२ मार्चमा सार्वजनिक गरिएको ओपोको ए सिरिजअन्तर्…

ब्लूटूथ कलिङ्ग फिचर भएको कर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा

अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ। कम्पनीको…

१५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्दै एप्पल

एप्पलले १५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने भएको छ । सन् २०२३ मा कम्पनीले १५ इन्चक…

म्याकमा भिडियो कल गर्न अब आइफोन प्रयोग गर्न सकिने

एप्पलले म्याकमा भिडियो च्याट गर्नका लागि आईफोन प्रयोग गर्न दिने भएको छ । प्रयोगकर्ताल…

आईप्याडको निर्माण अब भियतनाममा हुने

चीनमा लकडाउन भएका कारण एप्पलले आईप्याडको निर्माण चीनबाट भियतनाममा सारेको छ । निक…

पिक्सेलको कस्टम टेक्स्ट स्टिकर अब एन्ड्रोइड फोनमा पनि उपलब्ध हुने

एन्ड्रोइड अपडेटले पिक्सेलको कस्टम टेक्स्ट स्टिकर अरु फोनहरुमा पनि उपलब्ध हुने भएको छ …

पिक्सेलको कस्टम टेक्सट स्टीकर अब अरु एन्ड्रोइड फोनमा पनि उपलब्ध हुने

एन्ड्रोइड अपडेटले पिक्सेलको कस्टम टेक्सट स्टीकर अरु फोनहरुमा पनि उपलब्ध हुने भएको छ …

रियलमी ९ सार्वजनिक, बजारमा अर्को सातादेखि उपलब्ध हुने

स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरिज अन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी …

चिप अभावका कारण आईफोन १४ म्याक्स समयमै सार्वजनिक नहुने 

चीनमा लकडाउन भएलगत्तै चिप अभाव भएको छ । चिप अभावका कारण आईफोन १४ म्याक्स सार्वजनि…

४ करोड १४ लाख ५४ हजार ७४८ मोबाइल फोन प्रयोगमा

गत फागुनसम्म ४ करोड १४ लाख ५४ हजार ७४८ मोबाइल फोन प्रयोगमा रहेका छन् ।