कीवर्डहरू -

ग्याजेट्स

नेपाली बजारमा प्रवेश गर्‍यो रिभरसङ, स्मार्टवाच र एयरबड्स सार्वजनिक

वेयरेवल तथा मोबाईल एसेसरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक कम्पनी रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ।

मोबाईल एसेसरिजको आयात तथा बिक्री वितरणमा सक्रिय रहेको केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो ।

विश्वका ६० भन्दा बढी देशमा विक्री वितरण भइरहेको रिभरसङले काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै नेपाली बजारमा औपचारीक रुपमा प्रवेश गरेको घोषणा गरेको हो। रिभरसङ आईएमजी टेक्नोलोजी ग्रुपको लाईफस्टायल ब्राण्डको रुपमा नेपालमा प्रवेश गरेको छ।

केमियो इन्टरनेशनका सह संस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशी व्यक्त गरे। अर्का सह–संस्थापक राज गुप्ताले रिभरसङले नेपाली मोबाईल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा रिभरसङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हासिल गर्ने अपेक्षा ब्यक्त गरे भने नेपाली बजारमा रिभरसङको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताए।

\"\"

रिभरसङले हाल नेपाली बजारमा ६ ओटा स्मार्टवाच र चार एयरबड्स् सार्वजनिक गरेको हो । अफलाईन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरि नेपाली उपभोक्तामाझ सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाइनमा समेत उपलब्ध गराउने योजना बनाएको छ  ।

रिभरसङले आफ्ना उत्पादनमा १ वर्षको वारेन्टी प्रदान गरेको छ । केमियो इन्टरनेशनलले रिभरसङका ग्याजेट तथा एक्सेसोरिज्हरुको विक्री पश्चातको सेवा प्रदान  गर्नका लागि काठमाडौंको बालाजुमा एक विशेष सेवा केन्द्र संचालनमा ल्याएको छ भने चाईनाटाउन, बाघदरबारमा समेत ग्राहकहरुले विक्री पश्चातको सेवा प्राप्तिका लागि सम्पर्क गर्न सक्नेछन् ।

ग्याजेट्स

आईफोन १४ को केस अनलाइनमा लिक, यस्ता छन् कभरका रङ

आईफोन १४ को केस अनलाइनमा लिक भएको छ । आईफोन १४ सेप्टेम्बर ७ मा सार्वजनिक हुने हल्…

चीनियाँ स्मार्टफोन बजारमा पहिलो स्थानमा भिभो

चीनियाँ स्मार्टफोन बजारमा स्मार्टफोन निर्माता कम्पनी भिभो पहिलो स्थानमा रहेको छ । का…

स्प्राइटको नयाँ अफर, दैनिक स्मार्टफोन र हरेक हप्ता टिभी जित्ने मौका

स्प्राइटले प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ सार्वजनिक गरेको छ । जसअनुसार …

के सामसङ ग्यालेक्सी जेड फोल्ड ४ ले जीपीएस सपोर्ट गर्छ ?

महिनौँ देखि विभिन्न जानकारी हुँदै लिक हुँदै गएपछि हालैमा सामसंगले अनप्याक्ड ईभेन्…

स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर प्रयोग गरिएको साओमीको दोस्रो फोल्डेबल फोन सार्वजनिक

साओमीको दोस्रो फोल्डेबल फोन ट्याबलेट मोडमा राख्दा ५.४ मिलिमिटरको मात्रै हुने गर्दछ …

सामसङको अनप्याक्ड ईभेन्टमा के के भए सार्वजनिक ? 

सामसंगले बुधबार अनप्याक्ड ईभेन्ट आयोजना गरेको थियो । यस ईभेमा कम्पनीले नयाँ फोल्डे…

रियलमी नार्जो सिरिजको नयाँ फोन नेपालमा, ३९ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्ने

रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल-अराउन्डर स्मार्टफोन- रियलमी नार्…

२०० मेगापिक्सेल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक

मोटोरोलाले विश्वकै पहिलो २०० एमपी क्यामेरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । फोन…

सामसंगको पहिलो फोल्डेबल ट्याबलेट सार्वजनिक हुँदै

सामसंगको पहिलो फोल्डेबल ट्याबलेट आगामी ६ महिना भित्र सार्वजनिक हुने भएको छ । कम्पन…

मल्टिसिसले नेपालमा सार्वजनिक गर्‍यो ग्राण्डस्ट्रिमका तीन नयाँ प्रडक्ट

अमेरिकी कम्पनी ग्राण्डस्ट्रिम नेटवर्किङका …

भन्सार छलीका १२ थान मोबाइलसहित एक भारतीय पक्राउ

भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित   एक जना पक्राउ परेका छन् । …

हिताचीका चार उत्पादन नेपाली बजारमा

हिताचीका चारवटा उत्पादन नेपाली बजारमा उपलब्ध भएका छन् । हिताची माइक्रोवेभ ओभनका ४…

एन्ट्री लेभलको स्मार्टफोन रियलमी सी ३१ नेपालमा, कति छ मूल्य ? 

रियलमीले नेपालमा एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक गरेको छ । ६.५२ इन्च…