ग्याजेट्स
एन्ड्रोइडभन्दा किन महंगो हुन्छ आईफोन ?
राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–आफ्नो ठाउँमा राम्रा फिचर छन् ।
तर पनि विदेशबाट पठाइदिन भनेर होस् वा आफै पैसा जम्मा गरेर होस् उपभोक्ताले आईफोन खरिद गर्न रूचाउँछन् । विश्वमा एन्ड्रोइड फोन चलाउने प्रयोगकर्ता धेरै छन् ।
एन्ड्रोइड चलाउने प्रयोगकर्ता धेरै हुँदा हुँदै पनि महंगो फोन आइफोन प्रति धेरैको रूची किन छ ? किन धेरैले आईफोन किन्न चाहन्छन् ? आज हामी यसका केही कारण बारे जानकारी दिदैछौं ।
राम्रो परफरमेन्स
तपाईको कुनै पनि फोन पूर्ण रुपमा प्रोसेसरमा भरपर्ने गर्छ । एन्ड्रोइड फ्ल्यागशिपको तुलनामा एप्पलको चिपले अझै बढी राम्ररी काम गर्दछ ।
एप्पलको चिप आईफोनका लागि कस्टोमाइज गरेर निर्मित हुने भएकाले यसले एकदमै राम्रो अनुभव प्रदान गर्ने गर्दछ ।
एप्पलले आईफोनमा महँगो पार्टपुर्जा प्रयोग गर्ने भएकाले यसले एकदमै प्रभावकारी र छिटो रुपमा काम गर्ने गर्दछ । एन्ड्रोइड पनि सुरुसुरुमा राम्ररी नै चल्ने गर्दछ तर केही समय भएपछि फोन ह्यांग हुन थाल्छ ।
एन्ड्रोइड फोनले धेरैजसो थर्ड पार्टी प्रोससर प्रयोग गर्ने गर्दछन्, जसकारण कस्टोमाइज अनुभव हुँदैन् र एन्ड्रोइड र आईफोन बिच सबैभन्दा ठूलो फरक नै यही हो । उदाहरणका लागि सामसंगले क्वालकमसँग स्नापड्रयागन चिप खरिद गरेर प्रयोग गर्ने गर्दछ ।
एप्पलको सफ्टवेयर र एप अप्टिमाइजेसनले गर्दा यसले पछि सम्म पनि राम्रै परफरमेन्स दिने गर्दछ । आइफोनमा सजिलै मल्टिटास्क गर्न सकिन्छ र एपहरु बिच पनि कुनै ल्याग वा ग्लिच नभई नै स्वीच गर्न सकिन्छ ।
तपाईले पुरानो आईफोनलाई एन्ड्रोइड डिभाइससँग तुलना गर्नभयो भने आइफोनले बढी राम्रो परफरमेन्स दिईरहेको पाउन सक्नुहुन्छ । त्यस कारण एन्ड्रोइड फोनले भन्दा एप्पलको आईफोनले राम्रो काम गर्ने गर्दछ ।
सुरक्षित
एन्ड्रोइड फोन धेरैले प्रयोग गर्ने भएपनि बेला बेला एन्ड्रोइड फोनको सुरक्षामाथि प्रश्न उठिरहेको हुन्छ । एन्ड्रोइड सफ्टवेयरमाथि स्मार्टफोनको कुनै नियन्त्रण नहुने भएकाले सुरक्षामा समस्या आउछ । त्यस्तै अपरेटिङ सिस्टम पनि पुरानो भयो भने सजिलै साइबर आक्रमण गर्न सकिन्छ ।
सरक्षाका लागि केही समयपछि एन्ड्रोइड डिभाइसलाई परिवर्तन गरिरहनुपर्ने हुन्छ । समयसमयमा सफ्टवेयर अपडेट गरिरहेमा मात्रै सुरक्षित रहिरहन सकिन्छ । यदी कसैसँग आईओएस १६ भएको आईफोन ८ छ भने उसले पनि आईफोन १४ मा जस्तै सबै सुरक्षा फिचरहरू पाउँछ ।
गूगल प्ले स्टोरमा मालवेयर वा भाइरस लाग्ने किसिमको एपहरु पनि सामयसमयमा उपलब्ध हुने गर्छन् । एपस्टोरको सुरक्षा मापदण्डहरु बढी कडा रुपमा जाँँच गरिएको हुन्छ । आईफोन पनि पूर्ण रुपले आक्रमणहरुबाट जोगिएको हुन्छ भन्ने हुँदैन् तर एन्ड्रोइडको तुलनामा धेरै सुरक्षित छ ।
गुणस्तरीय क्यामेरा र इमेज
प्रयोगकर्ताहरुले आईफोन रोज्नुको मुख्य कारणमा क्यामेरा पनि एक हो । आईफोन ५ एस आएदेखि एप्पलका उपभोक्ताहरु क्यामेराको वर्णन गर्दै आएका छन् ।
एन्ड्रोइड फोनको क्यामेरामा धेरै फिचर तथा फिल्टर भएता पनि प्रोफेसनल इमेज पाउनका लागि आईफोन नै सबै उपभोक्ताको प्रमुख छनोट हुने गर्दछ ।
एन्ड्रोइड फोनको धेरैजस्तो क्यामेरामा भिडियो हेर्दा अडियो ढिलो आउने जस्ता सम्स्या हुन्छ । आइफोनमा बढी राम्रो क्यामेरा क्वालिटी, फ्रेम रेट, अडियो कम्प्याटिबिलिटी र राम्रो इमेज हुने गर्दछ । धेरै कन्टेन्ट क्रियटरले पनि फोटो तथा भिडियो खिच्नका लागि आईफोन नै मन पराउछन् ।
राम्रो डिजाइन
एन्ड्रोइड फोन विभिन्न आकार र स्टाइलमा आउने भएकाले कुन ब्राण्डको फोन हो भनेर छुट्याउन गाह्रो पर्ने गर्दछ । आईफोनको आकर्षक डिजाइन हुने गर्दछ, जसले तुरुन्तै ध्यानाकर्षण गर्न सम्भव हुन्छ । हार्डवेयरमा धेरै परिवर्तन नहुने भएकाले आईफोनलाई पहिचान गर्न सकिन्छ ।
एप्पलले आफ्नो डिजाइनलाई पनि एकदमै गोपनीय ढंगले राख्ने गर्दछ, जसले गर्दा प्रयोगकर्तालाई कस्तो डिजाइन सार्वजनिक हुने हो भनेर उत्सुकता भइरहन्छ । आइफोन विभिन्न आकर्षक रंगमा आउने भएका कारण पनि प्रयोगकर्ताहरु यस प्रति आकर्षित हुने गर्दछन् ।
एप्पलको ब्राण्ड भ्यालु
विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो, एप्पल । ब्राण्ड मूल्य राम्रो भएका कारण पनि प्रयोगकर्ताले आईफोन रुचाउने गर्दछन् । एप्पलको सुरु देखिनै आईफोनलाई फोनमा मात्रै सिमित नराखेर एक ब्राण्डकै रुपमा प्रख्यात बनाउने उद्देश्य थियो ।
एप्पलको अरु डिभाइस पनि प्रख्यात रहेको र ती आईफोनमा पनि चल्ने भएकाले समेत धेरैले आईफोन प्रयोग गर्न चाहन्छन् । एप्पलको लोगो देख्नै बित्तिकै कुनै पनि सामान बिक्री हुने गरी एप्पलले आफ्नो ब्राण्ड बनाएको छ ।
ग्याजेट्स
टिसिएलको ‘फुटबल हंगामा’ योजना, टिभी किन्दा आकर्षक नगद छुट र फ्री टिसर्ट पाइने
ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तराष्ट्रिय फुट…
फोल्डेबल फोन सार्वजनिक गर्दै साओमी, के के छन् सुविधा ?
साओमीको आगामी फोल्डिङ स्मार्टफोनको प्राटोटाइप अनलाइनमा सार्वजनिक भएको छ । टिपस्टर क…
सिमकार्ड प्रयोग गरेर अनलक हुँदै पिक्सेल मोबाइल, छिटो अपडेट गर्न गूगलको आग्रह
पिक्सेल फोनमा भएको बगले सिम कार्ड प्रयोग गरेर फोन अनलक गरिरहेको पत्ता लागेको छ । …
दराज ११ः११ मा अनरको अफर, मोबाइल खरिदमा एयरबड निःशुल्क पाइने
दराज ११ः११ मा अनरको आकर्षक अफर
लाभाको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक, कति छ मूल्य ?
भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा भारतमा सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गरेक…
रियलमी सी थर्टी एस नेपाली बजारमा, के के छन् सुविधा ?
स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिज अन्तर्गत नयाँ रियलमी सी३० एस सार्वजनिक गरे…
वर्ल्डकपलाई लक्षित गर्दै एलजीले ल्यायो यूक्यू सिरिजको टेलिभिजन
एलजीले वर्ल्ड कपलाई लक्षित गरी यूक्यू सिरिजको टेलिभिजन नेपाली बजारमा ल्याएको छ । स…
अब आइफोनमा पनि यूएसबीसी पोर्ट उपलब्ध हुने
एप्पलले आईफोनका लागि पनि टाइप सि चार्जर उपलब्ध गराउने भएको छ । गत महिना यूरोपियन…
बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा सार्वजनिक हुने
इम्याजिन मार्केटिङ लिमिटेडले आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै ने…
तपाईको निजी डेटालाई सुरक्षित गर्नका निम्ति सामसंगको मेन्टेनेन्स मोड सार्वजनिक
सामसंगको मेन्टेनेन्स मोडले फोन मर्मत गर्ने समयमा तपाईको निजी डेटालाई सुरक्षित गर्ने…
उत्कृष्ट क्यामेराका साथ भिभो भी २५ सिरिज सार्वजनिक
स्मार्ट फोनहरूमा प्रदर्शन, गति, स्टोरेज, डिजाइन र मूल्य जस्ता सबै पक्षहरुलाई मध्यनजर ग…
महंगा मोबाइल फोन आयातमा लागेको प्रतिबन्ध कायमै, अब मंसिर २९ गतेसम्म आयात नहुने
सरकारले ३०० डलरमाथिका फोनमा प्रतिबन्ध कायमै राखेको छ । यसअघि असोज २८ गतेसम्म रहे…
चाडपर्वमा साओमीका मोबाइल खरिद गर्दा ३ हजारसम्म छुट
साओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय र…
विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको एसरको दावी, कति छ तौल ?
एसरले विश्वकै सबैभन्दा हलुका ल्यापटप सार्वजनिक गरेको छ । एसरले स्विप्ट एज ल्यापटप अम…
पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो सार्वजनिक, कति पर्छ मूल्य ?
पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो स्मार्टफोन सार्वजनिक भएका छन् । बिहीबार आयोजना भए…