कीवर्डहरू -

ह्याकाथन

अपांगता भएका व्यक्तिहरूका लागि ‘एआई फर डिसएबिलिटी ह्याकाथन’ हुँदै, आवेदन खुला

नेपालमा पहिलोपटक अपांगता भएका व्यक्तिहरूका लागि एआई (Artificial Intelligence) समाधान विकास गर्ने राष्ट्रियस्तरको ह्याकाथनको आवेदन खुला भएको छ । एआईडा (AI for People with Disability) ह्याकाथन नाम दिइएको यस कार्यक्रमलाई प्रतिक इन्नोभेसन्सले आयोजना गरेको हो।

कार्यक्रमले विद्यार्थी, डेभलपर, अनुसन्धानकर्ता तथा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याई अत्याधुनिक सहायक प्रविधि (Assistive Technology) विकास गर्ने लक्ष्य लिएको छ । 

यो केवल प्रतियोगिता मात्र नभई नवप्रवर्तन, सहकार्य र सामाजिक उद्यमशीलताको प्लेटफर्म भएको आयोजकको भनाइ छ । यसले समावेशी प्रविधि विकासमा सहयोग पुग्ने आशा गरिएको छ ।  

ह्याकाथनको मुख्य विषयवस्तुमा स्मार्ट मोबिलिटी र कम्युनिकेशन टेक्नोलोजी, कग्निटिभ हेल्थ र इमोशन-अवेयर एआई, डिजिटल केयरगिभर र एआई कम्पानियन तथा श्रवण तथा वाक अशक्तताका लागि एआई-आधारित शिक्षा रहेका छन् । 

भदौ ७ देखि खुला भएको आवेदन असोज १० गतेसम्म खुला रहनेछ । छनोट भएका सहभागीहरूले असोज २३ गते ओरिएन्टेसन, असोज २४ देखि ३० गतेसम्म तालिम, कात्तिक २०–२१ मा सेमिफाइनल, र कात्तिक २४–२६ गतेसम्म ४८ घण्टे आवासीय ह्याकाथनमा भाग लिनेछन्। अन्तिम कार्यक्रम मंसिर २८ र २९ गते एआईडा सम्मेलन, र मंसिर ३० गते ग्रान्ड फिनाले हुनेछ ।

प्रतियोगितामा कुल नगद पुरस्कार १ लाख २० हजार रुपैयाँ रहेको छ । यसअन्तर्गत विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले २० हजार र विशेष बेस्ट इनोभेसन ट्र्याक विजेताले २० हजार रूपैयाँ प्राप्त गर्नेछन्। नगदसहित विजेता तथा फाइनलिस्टलाई इन्क्युबेसन, परामर्श र सम्भावित लगानीकर्ता तथा संस्थासँग सहकार्यको अवसर समेत उपलब्ध हुनेछ ।

सन् २०२८ सम्ममा यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय सम्मेलनमा रूपान्तरण गर्ने लक्ष्य राखिएको बताइएको छ । आवेदन तथा थप जानकारीका लागि आधिकारिक वेबसाइट www.aida.prateekinnovations.com वा सम्पर्क नम्बर +977 9813376093 / +977 9869724290 मा सम्पर्क गर्न सकिनेछ ।
 

ह्याकाथन

म्यानस एआईसँगको सहकार्यमा एआई ह्याकाथन सम्पन्न, प्रम्प्टबाटै एक घण्टामा १४ एप्स निर्माण

असार २८ गते शनिबार काठमाडौंमा एआई ह्याकाथन सम्पन्न भएको छ । उक्त ह्याकाथनमा सहभागीहरूले एक घण्टाभित्रै १४ वटा एप्स निर्माण गरेका…

साउन ९ देखि डीएभी कलेजमा ह्याकाथन हुँदै, स्नातक तहका विद्यार्थीहरू सहभागी हुन सक्ने

ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आगामी साउन ९ देखि ११ गतेसम्म (जुलाई २५–२७) राष्ट्रिय स्तरको तीन दिने ह्याकाथन &lsq…

ग्लोबल आइएमई बैंकले एआई/एमएल ह्याकाथन गर्दै, कसरी हुने सहभागी ?

ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याका…

धुलिखेलमा युथ ह्याक फेस्ट हुँदै, कसरी हुने सहभागी ?

काभ्रेको धुलिखेलमा युथ ह्याक फेस्ट २०२५ हुने भएको छ । चैत १४ गतेदेखि ८ गतेसम्म जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा काठमाडौं …

आजदेखि एनसीआईटी कलेजमा ‘नस्काथन लाइट’ ह्याकाथन हुँदै, ५० टिमले प्रतिस्पर्धा गर्ने

आइतबारबाट अन्तर-कलेज ह्याकाथन कार्यक्रम ‘नस्काथन लाइट’ हुने भएको छ ।  आइतबारदेखि सुरू हुने ह्याकाथन सोमबारसम्…

४८ घण्टे अर्बिट इन्जिनियरिङ ह्याक्स सुरू, ३० टिम सहभागी

सगरमाथा इन्जिनियरिङ कलेमा अर्बिट इन्जिनियरिङ ह्याक्स २.० सुरू भएको छ । ४८ घण्टे यो ह्याकाथनमा सहभागीले विभिन्न आईटीका प्रोजेक्टहर…

३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ?

३ महिनासम्म सञ्चालन भएको जेन एआई ह्याथन ‘ह्याक डे’ सम्पन्न, को को भए विजेता ? 

३ महिनासम्म सञ्चालन भएको कोडएभाटर ह्याकाथन सम्पन्न, विजेताले पाए १०-१० लाख बिउ पुँजी

कोडएभाटर ह्याकाथन २०२४ सम्पन्न भएको छ । कोडएभाटर टेकले आयोजना गरेको३ महिनासम्म सञ्चालन भएको ह्याकाथनको फिनाले साउन २६ गते सम्प…

कुसोम आईएससीले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न, को को भए विजेता ?

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको इन्फर्मेसन सिस्टम क्लब (कुसोम आईएससी) ले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न भएको छ ।…

महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न

शिक्वल फाउन्डेसनले महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न गरेको छ ।

बुटवलमा राष्ट्रियस्तरको ह्याकाथन ‘ग्रेकाथन’ हुँदै, पुरस्कार राशी ७० हजार

सीएसआईटी एशोशिएसन अफ बुटवल मल्टिपल क्याम्पसले राष्ट्रियस्तरको ह्याकाथन ‘ग्रेकाथन’ गर्ने भएको छ । आगामी चैत २५ र २६ गते बुटवलमा २४ घण्ट…

मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन बीपीसी ह्याकफेस्ट आयोजना

मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन आयोजना भएको छ । वीरगञ्ज पब्लिक कलेजले मधेश प्रदेशमा पहिलो पटक ‘बीपीसी ह्य…

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्ने भएको छ । ‘पब्लिक डेटा इन्नोभेसन’ नाराहित स्पाइरथन २०…

एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न, पहिलो भयो पुल्चोक क्याम्पसको टिम जेनन

मदन भण्डारी मेमोरियल कलेजले सफलतापूर्वक एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न गर…

एडीबी ह्याकाथन सम्पन्न, को-को भए विजेता ?

एक्सिलेरेटिङ स्यानिटेसन फर अल इन एसिया एण्ड द प्यासिफिकको एक हिस्साको रूपमा आयोजना…