कीवर्डहरू -

ह्याकाथन

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्ने भएको छ । ‘पब्लिक डेटा इन्नोभेसन’ नाराहित स्पाइरथन २०२४ आयोजना हुने भएको हो । 

पब्लिक डेटाको प्रयोग गरेर अहिलेको समयमा देखिएको समस्यालाई समाधान गर्ने स्पाइरथनकाे उद्देश्य भएको कम्पनीले जनाएको छ । 

स्पाइरथन २०२४ आवेदन केही दिनमा खुला हुनेछ । आवेदन आगामी मार्च १५ सम्म दिन सकिने छ । यसमा एउटा टिम बनाएर आवेदन दिन सकिने छ । टिममा बढीमा तीन जनासम्म राख्न सकिने छ । यसको पुरस्कारको राशी ७५ हजार रूपैयाँ रहेको छ । 

एक दिनसम्म हुने स्पाइरथन कार्यक्रम पब्लिक डेटाको प्रयोग गरेर विश्वको रहेको विद्यमान समस्यालाई समाधान गर्ने इन्नोभेसन केन्द्रित हुनेछ । त्यसका लागि आफ्नो गर्न चाहेको इन्नोभेसनको आईडिया समेत आवेदन दिदा पठाउनु पर्नेछ । यदी तपाई पनि आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ ।

फिनालेको मिति केही दिनपछि घोषणा हुनेछ । सन् २०१७ मा ‘कोड फर सोसाइटी नासासहित’ स्पाइरथन कार्यक्रम सुरू भएको थियो । सो वर्ष मेरो साथी एप विजेता भएको थियो । 

त्यस्तै सन् २०१९ मा टिम नाइट आउल, सन् २०२० मा टिम एफ सोसाइटी विजेता भएका थिए ।  

सन् २००२ मा अमेरिकामा  र सन् २००९ मा नेपालमा स्थापना भएको स्पाइरलोजिक्स सूचना प्रविधिको सेवा प्रदान गर्ने कम्पनी हो । यस बाहेक सूचना प्रविधिमा केही गर्न चाहने युवाहरूका लागि समेत स्पाइरथन कार्यक्रम गर्दै आएको छ । 
 
 

ह्याकाथन