समाचार
नयाँ वर्षको अवसरमा बससेवाको सुनको हार उपहार, अग्रिम टिकट काट्नेलाई प्राथमिकता
नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्बजनिक गरेको छ ।
चैत्र १५ गतेदेखि बैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ । साथै आफु जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानि बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको हो ।
२० दिनको अवधिमा अनलाइन मार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्न सक्नुहुनेछ भने अर्का २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सक्नुहुनेछ ।
बससेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशन तथा अन्य सेवा प्रदायकका मोबाईल एप्लीकेशनबाट टिकट काट्न सक्नु हुनेछ ।
नयाँ योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले विगत देखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएको बताए ।
'नयाँ वर्षमा यात्रुहरूको मुभमेन्ट पनि बढ्ने भएकाले यो समयमा टिकट काट्न झञ्झट नहोस् भन्ने उदश्यले अफर सार्वजनिक गरेका हौँ,' उनले भने, 'अन्तिम अवस्थामा टिकट काट्नु भन्दा पनि अग्रिम रूपमा टिकट काट्दा जाने यात्रु, यातायात व्यवसायीलाई सहज हुने नै भयो, त्यसका साथै हामीलाई पनि व्यवस्थापन गर्न सहज हुने भएकाले अग्रिम टिकट बुकिङ गर्न आग्रह गर्दछौँ ।’
अनलाइनबाट टिकट काट्न बससेवाको मोबाईल एप्लीकेशनबाट टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो ।
बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ ।
समाचार
अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !
अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक ह…
अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको पैसा तिर्न सकिने व्यवस्था हुँदै
यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अब ड्राइभिङ लाइसेन्सका …
अब नेपालीमै इम्बोस्ड नम्बर प्लेट राखिने, शुल्क पनि घट्ने
अब नेपाली भाषामै इम्बोस्ड नम्बर राखिने भएको छ । सोमबार उपप्रधान एवं भौतिक पूर्वाधा…
एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने
एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने भएको छ । यो फिचर मर्मतस…
च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटा सार्वजनिक
च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटालाई सार्वजनिक भएको छ । ओपनएआइका अनुसार एउ…
अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी
डेभ कम्युनिटी नेपालले अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प सञ्चालन गर्ने भएको छ । आउ…
मनकामना केबलकारमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा व…
आईटी ग्लोबल प्रालिले सञ्चालनमा ल्यायो ‘इन्नोभेसन सेन्टर’
आईटी ग्लोबल प्रालिले काठमाडौंमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजी…
गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा
गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा…
धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन, अब अनलाइन अपोइन्टमेन्ट लिन सकिने
आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबा…
सूचना प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न सकिदैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्व…
नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य, ‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट हुने
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यून…
वानएक्स बेटबाट सट्टेबाजी गराउने ६ जना व्यक्ति पक्राउ
वानएक्स बेटबाट सट्टेबाजी गराउने ६ जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अप…
व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैनः डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य न…
अट्याक अन टाइटनका प्रकाशकले आफ्नै माङ्गा एप सार्वजनिक गर्ने
अट्याक अन टाइटनका प्रकाशकले आफ्नै माङ्गा एप सार्वजनिक गर्ने भएका छन् । अट्याक अन टाइट…