समाचार
बालबालिकाको सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरिएको आर्ट कार्यशाला सम्पन्न
नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरेको आर्ट कार्यशाला सफलता पूर्वक सम्पन्न गरेको छ ।
इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ शनिबार बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिको रुपमा ई-आर्ट नेपालकी सहसंस्थापक एरिना ताम्राकार रहेकी थिइन् ।
त्यस्तै विशिष्ट अतिथिको रुपमा उत्पला क्याफेका प्रबन्ध निर्देशक दिपक बोहोरा, हेल्प नेपालका संयोजक अरुन कुमार बस्नेत र काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल कुमार होडा, शुभ श्री बाल उद्यान फोस्टर होमका स्वंय सेवक लगायतको सहभागीता रहेका थियो ।
कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गरेका थिए । शो कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न पाएको आयोजकको दाबी छ ।
कार्यशालामा बोल्दै प्रमुख अतिथि ताम्राकारले कलाको निजी जीवन, सामुदायिक विकास र संवेदनशील बनाउनमा ठूलो भूमिका रहेको विषयमा जोड दिएकी थिइन् ।
कोरोना महामारीको बेला नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’ को रूप हो ।
यसले गर्दा कला र पेन्टिङमार्फत बालबालिभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरनेटको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने आयोजको भनाइ छ ।
कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नेपाल इन्टरनेट फाउन्डेसनकी कार्यक्रम संयोजक तजन्ना श्रेष्ठले बताइन् ।
कार्यशालाले अन्तरक्रियात्मक सत्रहरू सञ्चालन समेत गरेको थियो, जहाँ बालबालिकाहरूले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथाहरू र अनुभवहरू बाँडेका थिए ।
नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कशपलाई वर्ल्डलिंक, बुढानिलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको थियो ।
समाचार
अत्याधुनिक प्रविधि उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाइने
सरकारले वित्तीय अपराध, मिटरब्याजी तथा साइबर अपराधलाई नियन्त्रण गर्नअत्याधुनीक प्रविध…
बैंक खाता खोल्न, सवारी लाइसेन्स र प्यान लिन अब राष्ट्रिय परिचय पत्र नम्बर चाहिने
सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ ।
नवप्रवर्द्धन तथा आविष्कार कोष स्थापना गर्ने सरकारको घोषणा
सरकारले स्टार्टअप कोष स्थापना गर्ने भएको छ ।
सरकारले विपद व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।
डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सरकारको घोषणा
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने घोषणा गरेको छ ।
<…इन्टरनेटबाट हुने कारोबारलाई करको दायरमा ल्याइने
इन्टरनेटबाट हुने कारोबारलाई नियमन र करको दायरमा ल्याइने भएको छ ।
…अब वडाबाटै अनलाइन सेवा उपलब्ध हुने
अब सरकारले वडाबाटै अनलाइन सेवा उपलब्ध गराउने भएको छ ।
सरकारले शिक्षा, स्वास्थ्य, विकास निर्माण र सेवा प्रवाह लगायतका क्षेत्रमा सूचना प्रविधि…
राइड शेयरिङका लागि आवश्यक कानूनी व्यवस्था गर्ने सरकारको घोषणा
सरकारले राईड शेयरिङलाई नियमन गर्न कानुन ल्याउने भएको छ ।
सरकारले नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने
सरकारले नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने भएको छ ।
…सरकारले गरिव घर परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने
सरकारले गरिव घर परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने भएको छ । <…
सरकारले सरकारी र सार्वजनिक जग्गाको श्रेस्ता बमोजिम विद्युतीय लगत तयार गर्ने
सरकारले सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको श्रेस्ता बमोजिम विद्युतीय लगत बनाउने…
एप्पलका कर्मचारीले च्याटजीपीटी प्रयोग गर्न नपाउने
पछिल्ला ६ महिनामा एआईले विश्व र देश भरमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ । यस लिस्…
रिभरसङको नयाँ इयरबड नेपाली बजारमा, १ वर्षको वारेन्टी
रिभरसङले नयाँ मोडलको ईयरबड्स नेपाली बजारमा भित्र्याएको छ । मोबाईल एक्सेसोरिज तथा …
‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृ…