समाचार
एमडीएमएसः समयमै काम नभएपछि परामर्शदाताको बैंक खाता रोक्का, क्षतिपूर्ति लिएर काम गराउन सुझाव
नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको थियो । तर अझैसम्म उक्त सिस्टम पूर्ण रूपमा लागु हुन सकेको छैन् ।
मोबाइल डिभाइस व्यवस्थापन प्रणालीको डिजाइन, सप्लाई, इन्स्टलेसन, कमिसनिङ्ग र अपरेसनसमेतका लागि प्राधिकरणले २०७६ असार १९ गते एक अन्तर्राष्ट्रिय परामर्शदातासँग सम्झौता गरेको थियो ।
महालेखाको ५९ औं प्रतिवेदनमा भनिएको छ, ‘मोबाइल डिभाइस सुरक्षित गर्न र अवैध मोबाइल आयातमा नियन्त्रण गर्ने उद्देश्यले प्राइमरी साइट कन्टेनर र सो भित्र जडान हुने मोबाइल डिभाइस व्यवस्थापन प्रणालीको डिजाइन, सप्लाई, इन्स्टलेसन, कमिसनिङ्ग र अपरेसनसमेतको कार्य गर्न एक अन्तर्राष्ट्रिय परामर्शदाता उपक्रमसँग सम्झौता मितिले ६ महिनाभित्र सम्पन्न गर्ने र ५ वर्षसम्मको सपोर्ट समेतको लागि २०७६ असार १९ मा अमेरिकी डलर ७० लाख ६६ हजार ८८८ को हुने रू.८८ करोड ३३ लाख ६१ हजारको सम्झौता भएको छ । सेकेन्डरी डाटा सेन्टरको हार्डवेयर खरिद तथा जडानबापत परामर्शदातालाई रू. ३ करोड ६८ लाख ६४ हजार भुक्तानी गरेको छ ।’
तर तोकिएको अवधिभित्र काम सम्पन्न नभई अन्तिम पटक २०७८ फागुन ३ सम्मको म्याद तोकिएकोमा उक्त अवधिभित्र पनि सम्झौताअनुसारको प्राइमरी साइट कन्टेनर लगायतका उपकरण प्राप्त नभएपछि प्राधिकरणले २०७९ वैशाख १९ गते परामर्शदाता जेभीको बैङ्क खाता रोक्का गरेको छ ।
आपूर्तकको ढिलाइको कारणबाट तोकिएको अवधिभित्र काम सम्पन्न नगरेकोले प्रचलित कानून र सझौताअनुसार पूर्वनिर्धारित क्षतिपूर्ति लिई कार्य सम्पन्न गराउनुपर्ने महालेखाको सुझाव छ ।
आपूर्तकसँगको सम्झौताको दफा ४५.१ मा तोकिएको अवधिमा काम सम्पन्न नगरेमा सम्झौता रकमको ०.०५ प्रतिशत प्रतिदिन पूर्वनिर्धारित क्षतिपूर्ति लिनुपर्ने उल्लेख छ ।
समाचार
तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने
महालेखा परीक्षकको कार्यालयले तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन…
आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का
आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको…
उद्योग मन्त्रालय र नास्टबीच सम्झौता, प्याटेन्ट दर्ताको काम अब नास्टमा पनि हुने
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (ना…
जेम्स वेब स्पेस टेलिस्कोपले लिएका ब्रह्माण्डका अन्य तस्वीर पनि सार्वजनिक
नासाले जेम्स वेब स्पेस टेलिस्कोपको अरु ईमेजहरु पनि सार्वजनिक गरेको छ । यी सबै रंग…
आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, यस्तो छ तरिका
निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिला…
एनआईसी एशिया बैंकका ग्राहकले अब मेसिनबाट पैसा जम्मा गर्न सक्ने, यस्तो छ तरिका
एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेव…
एमआरपी पोसपोर्टको म्याद एक वर्षभन्दा कम भए मात्रै ई-पासपोर्ट बनाउन पाइने
एमआरपी पोसपोर्टको म्याद एक वर्ष भन्दा कम भए मात्रै अब ई-पासपोर्ट बनाउन पाइने भएको छ…
आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध
एप्पलको आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उ…
अब अनलाइनमै बाघचाल खेल्न सकिने, सातवर्ष अघि बन्द भएको ‘बाघचाल डटनेट’ यसरी भयो पुनर्जीवित
बाघचाल, सानो छँदा तपाईहरू धेरैले खेल्नु भएको होला । रणनीतिक चालका साथ खेलिने ब…
निमा एकेडेमीको मनसुन अफर, कक्षा १ देखि १० कक्षासम्मका कोर्षमा ३० प्रतिशतसम्म छुट
गुरू पूर्णीमाको अवसरमा अनलाइन लर्निङ प्लेटफर्म नीमा एकेडेमीले मनसुन अनलाइन एडुफेस्…
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अब अनलाइनबाटै गर्न सकिने
एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई लक्ष…
जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको पहिलो रंगीन तस्बिर खिच्न सफल
जेम्स वेब स्पेस टेलिस्कोपको ईमेजले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य खिचेको छ । १४ वर्…
आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त
आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश र…
नेपालको पहिलो हेल्थ ह्याकाथन ललितपुरमा आयोजना हुँदै, यसरी जनाउनुहोस् सहभागिता
काठमाडौं । स्वास्थ क्षेत्रमा देखिएका विभिन्न अभाव तथा समस्याहरुको डिजिटल समाधान खोज्…
मस्कले अब ट्विटर नकिन्ने, मस्कविरुद्ध अदालत जाँदै ट्विटर
एलन मस्कले ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता तोडेका छन् । यससँगै मस्कले अब ट्वीटर…