समाचार
नेपालमै पहिलो पटक आयोजना भएको एपान सम्मेलन सम्पन्न, २९ देशका ४०० बढी प्रतिनिधि सहभागी
फागुन २९ गतेदेखि सुरू भएको एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको सम्मेलन नेपालमै पहिलो पटक काठमाडौंमा आयोजना भएको थियो ।
गत फागुन ३० गते सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मेलको औपचारिक उद्घाटन गरेकी थिइन् भने समापन समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ५ दिनसम्म विभिन्न विषयमा वर्कशप, कन्फेरेन्स, ट्रेनिङ, सेसन लगायत आयोजना भएको थियो । सम्मेलनमा २९ देशबाट भौतिक रूपमा ४०० बढी सहभागी भएका थिए भने अनलाइनबाट १०० बढी सहभागी भएका थिए ।
सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रहि सहभागीहरुबीच छलफल भएको नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) का कार्यकारी निर्देशक राजन पराजुलीले बताए ।
यसका साथै नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्बन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा ९०-९० मिनेटका ७९ सेसनहरू सञ्चालन भएको थियो । कार्यक्रमले विभिन्न देशका प्रतिनिधिसँगको आपसी अन्तरकृयाले नेपाली अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरुले हाल विश्व समुदायसँग गरिरहेका वैज्ञानिक सहकार्यहरुलाई थप सुदृढ बनाउन भूमिका खेलको पराजुलीको भनाइ छ ।
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको (National Research and Education network) सहकार्यमा स्थापित Asia Pacific Advanced Network ( APAN) ले सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको छ ।
APAN ले विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ । यस वर्ष नेपालमा आयोजना भएको हो ।
एपान सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, Ruijie Networks, APNIC, Internet Society, Asi@Connect, e-Hualu लगायतका संस्थाहरुको सहयोगमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) ले आयोजना गरेको थियो । सम्मेलनको लागि आवश्यक इन्टरनेट व्याण्डविथ वर्ल्डलिंक र सुबिसुले उपलब्ध गराएका थिए ।
समाचार
पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ प्याकेज, के के छन् सुविधा ?
विगतदेखि नै ग्राहकवर्गको रुची एवं चाहना अनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको …
माइक्रोसफ्टको बिङ च्याट एआई सर्च सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने
माइक्रोसफ्टले बिङ च्याट एआई बिङ च्याटबट सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालेको छ…
एनसेलले ल्यायो ‘मज्जाको प्लान’, ५९९ रूपैयाँमा २० जीबी डेटा र १५० मिनेट टक टाइम
एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्द…
नेपाली आइटी स्टार्टअप रिङ्गेज \'टेकफर डेमोक्रेसी एसिया\' अन्तर्गत एसिया प्यासिफिकको फाइनलमा
आवाजमा आधारित मोबाइल इङ्गेजमेन्ट प्रविधि रिङ्गेजले 'स्टार्टअप टेक फोर डेमोक्रेसी एसि…
युनिमनीबाट आईएमईमा पैसा पठाउँदा आइफोन १४ प्रोदेखि १०० ग्राम सुनको सिक्कासम्म जित्ने मौका
आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रव…
फिर्ता आयो ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट
ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट @PM_Nepal_पुनः फ…
नेपाल टेलिकमले भन्यो, ‘हामीले फ्रि कल उपलब्ध गराइरहेका छैनौं, सचेत रहनुहोला’
नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वा…
भोलि ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ हुँदै
चैत ३ गते शुक्रबार ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । काठमाडौ…
च्याटजीपीटी फोर सार्वजनिक, सब्सक्राइबरले मात्रै प्रयोग गर्न पाउने
माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म…
एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट नवराज कुँवरले कार्यसमिती सदस्यमा उम्मेदवारी दिने
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्…
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक…
नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे वालेटमा पाउन सकिने
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत…
काठमाडौंमा एपानको सम्मेलन सुरू, अनुसन्धान र शैक्षिक संजाल विस्तारमा सहयोग पुग्ने विश्वास
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सह…
नेपाल टेलिकमका विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या
नेपाल टेलिकमले विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउँदा सेवा प्रवाहमा समस्या आएक…
वीरगंज उद्योग वाणिज्य संघद्वारा खल्ती सम्मानित
खल्तीले नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको छ । वीरगंज …