कीवर्डहरू -

समाचार

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले ह्याकाथन गर्दै, विजेतालाई ५० हजार नगदसँगै अन्य सुविधा

नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकाथन 'एस् इग्नाइट' आयोजना गर्ने भएको छ ।

कार्तिक २४ गते देखि २६ गतेसम्म कलेजकै प्राङ्गणमा हुने यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ ।

ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु हुने यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ ।

एस् इग्नाइट नवीनतम आविष्कारहरु गर्न सक्ने क्षमता भएका नेपाली युवाहरुको लागि एउटा इको सिस्टम सिर्जना गर्ने प्रयास भएको ह्याकथनको बारेमा बोल्दै प्रज्वल श्रेष्ठले बताए ।

'ह्याकथनमार्फत हामीले वास्तविक संसारका समस्याहरू संग लड्ने र नेपालमै अवसरहरूको पहिचान गर्ने एउटा प्ल्याट्फर्म पनि प्रदान गर्न खोजेका छौँ,' उनले भने, 'प्रतिभाशाली युवाहरूलाई  विदेश पलायन हुनबाट रोकी  नेपालमै करियर बनाउन सकिन्छ भन्ने विश्वास पनि हामीले युवाहरूमा प्रदान गर्न खोजेका छौँ ।'

एस् इग्नाइट आइटि, व्यवस्थापन, इन्जिनियरिङ्ग डिजाइनिङ जस्ता विविध शैक्षिक पृष्ठभूमिका व्यक्तिहरू र उनीहरूको आविष्कारमा केन्द्रित ४८ घन्टे ह्याकाथन हो ।

यसले एक इकोसिस्टमको परिकल्पना गर्दछ, जसले युवाहरूलाई उनीहरूको विचारहरूलाई वास्तविक संसारमा रूपान्तरण गर्नको लागि सहकार्य गर्दै काम गर्न प्रेरित गर्छ ।

यस्ता प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन दिनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट उत्कृष्ट नगद पुरस्कारहरूको साथै अन्य आकर्षक उपहारहरूको पनि व्यवस्था गरिएको छ । विजेताले ५० हजार, फर्स्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले १५ हजार रूपैयाँ नगद पाउने छन् ।

समाचार

सिटिजन्स बैंकको च्याटबट सेवा सुरू, बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सकिने

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूक…

ह्वावे र वेबसर्फरबीच साझेदारी, छिट्टै वेबसर्फरका प्रयोगकर्ताले गुणस्तरीय इन्टरनेट सेवा पाउने

इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी वेबसर्फर र आइसिटी पूर्वाधार प्रदायक ह्वावेबीच …

विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शोध गर्न विद्यार्थीलाई अनुदान दिदै सरकार

राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम शीर्षक अन्तर्गत २० जना अन…

डिशहोमका प्रबन्ध निर्देशक आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडर भित्र पर्न सफल

डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस …

फुटबलको विश्वकप हेर्न ग्राहकबाट ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश 

विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ शुल्क लिने निर्ण…

दराजको ११.११ सेल कात्तिक २५ गतेदेखि सुरू हुँदै, सामानमा ८० प्रतिशतसम्म छुट पाइने

नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि हुने भएको छ । ११ लाख उत्पा…

सूचना प्रविधिमा चासो राख्नेका लागि शनिबार टेक्किज मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी

अफिभर्स टेक सर्भिसेजले टेक्किज मिटअप २०२२ आयोजना गर्ने भएको छ । सूचना प्रविधिको क्ष…

फेसबुकमा पुनः सक्रिय भयो एमआरआर ग्रुप

फेसबुकले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई सक्रिय बनाएको छ । यसअघ…

राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव

गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगम…

यात्रुको सहजताका लागि बससेवाले कलंकीमा बनायो यात्रु प्रतिक्षालय, वाईफाई र खानेपानीको सुविधा

अनलाइनबाटै बसको टिकट काट्न मिल्ने प्लेटफर्म बससेवाले यात्रु प्रतिक्षालय स्थापना गरेको…

रोल्पा शहरी खानेपानीको बिल अब इसेवाबाटै तिर्न सकिने, यस्तो छ तरिका

रोल्पा शहरी खानेपानी संस्थाको मासिक बिल भुक्तानी अब अनलाइनबाटै गर्न सकिने भएको छ …

वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा सम्पन्न, ‘वर्डक्याम्प नेपाल २०२४’ पोखरामा हुने

चितवनको भरतपुरमा शनिबार देखि संचालन भएको वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तराष्ट्…

नो नट अगेनको पेज र ग्रुप बन्द नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नो नट अगेन अभियानलाई कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश ज…

फेसबुकमा नक्कली अकाउन्ट बनाइ महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ 

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फ…

२ लाखले प्रयोग गर्न थाले डिशहोम फाइबरनेट

डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा…