कीवर्डहरू -

समाचार

आईटी कम्पनी योङ माइन्ड्सले मनायो १५ वार्षिकोत्सव, उत्कृष्ट ६ कर्मचारीलाई अवार्ड प्रदान

सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले आफ्नो १५ वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिबार एक कार्यक्रम आयोजना गरी आफ्नो १५ औं वार्षिकोत्सव मनाएको हो ।

कम्पनीले देश तथा विदेशमा विभिन्न आईटी सेवाहरू प्रदान गर्दै आएको छ । कार्यक्रममा योङ माइन्ड्सका प्रबन्ध निर्देशक श्रीधर मरासिनीले आगामी दिनमा आइसिटी क्षेत्रमा अझ धेरै काम गर्दै जाने बताए ।

१५ वार्षिकोत्सवको अवसरमा कम्पनीले उत्कृष्ट ६ जना कर्मचारीलाई अवार्ड समेत प्रदान गरेको छ । वेबसाइट बनाउने कामबाट आफ्नो सेवा शुरू गरेको कम्पनीले अहिले सफ्टवेयर तथा मोबाइल एप डेभलपमेन्ट, होस्टिङ, ब्राण्डिङ तथा एडभरटाइजिङ, आईएस अडिट लगायतका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका संस्थापक प्रबन्ध निर्देशक अभिजित गुप्ताले अब नयाँ प्रडक्टसहित अगाडि बढ्न लागेको बताए । उनले वेब डेभलपमेन्टबाट शुरू भएको कम्पनीले अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा एजेन्सीका कामसँगै टेक सोलुसन प्रदान गरिरहेको बताए ।

नेपाल सरकारका विभिन्न संस्थाहरूलाई डिजिटाइज गर्न योङ माइन्ड्सको ठूलो योगदान रहेको छ । नेपाल सरकारका अधिकांश संस्थासँग मिलेर काम गरेको अनुभव समेत रहेको प्रबन्ध निर्देशक मरासिनीले बताए ।

योङ माइन्ड्स आईएसओबाट प्रमाणीत कम्पनी हो । कम्पनीले आईएसओ २७००१ र ९००१;२०१५ बाट मान्यता पाएको छ । कम्पनीले एशियन ओसियन कम्प्युटिङ उद्योग संगठनबाट सन् २०१७ र २०१८ मा आउटस्ट्यान्डिङ आईसिटी कम्पनीको रूपमा अवार्ड प्राप्त गरेको छ ।


समाचार

एलिना इन्फोटेकको शाखा काठमाडौंमा विस्तार, हरेक सामानमा ५ देखि १० प्रतिशतसम्म छुट 

विराटनगरको एलिना इन्फोटेक काठमाडौंमा विस्तार भएको छ । शुक्रबार काठमाडौंमा एलिना …

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्पलाइन 

लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटन…

अनलाइनबाट आइफोन मगाएर पैसा नदिइ फरार भएका युवक पक्राउ

प्रहरीले अनलाइनबाट मोबाइल फोन अर्डर गरेर लिएको र अर्कैको घर देखाई फरार भएको आरोप…

आईतबारदेखि इसेवाबाटै बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने  

बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरणको शुल्क अब इसेवा मार्फत भुक्…

हल्ट प्राइज एसएमसीको बिजनेश प्लानिङ सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको बिजनेश प्लानिङमा पहिलो …

अब अनलाइनबाटै ५ लाखसम्म कर्जा पाइने, विद्युतीय कर्जा सम्बन्धि मार्गदर्शन जारी

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुन कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धि म…

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले…

हुवावेको फाइभजी आरएएन तेस्रो वर्ष पनि अग्रणी स्थानमा

हुवावेको फाइभजी आरएएन पोर्टफोलियो ग्लोबल डाटाको २०२१ दोस्रो अर्धवार्षिक मूल्याङकनमा…

फोर्ब्समा २०० मिलियन अमेरिकी डलर लगानी गर्दै बाइनान्स

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले फोर्ब्समा २०० मिलियन अमेरिकी…

करिब ३९ लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता ? 

करिब ३९ लाख लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेका छन् । बिहीबार अर्थमन्त्रालयले …

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर: स्कुटर किन्दा ६ हजार छुट, दैनिक स्मार्टफोन जित्ने मौका

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्ट…

हल्ट प्राइज आइओईको फाइनल शनिबार

हल्ट प्राइज आइईओ (इञ्जिनियरिङ अध्ययन संस्थान) को फाइनल आगामी शनिबार (माघ २९ गते) आ…

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच भुक्तानी फछ्र्योट सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोज…

क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्छौः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन …