समाचार
वाईफाई सिक्स राउटरसहित डिशहोमले ल्यायो ‘मेगाफाई’, अब १७९९ रूपैयाँमा ३०० एमबीपीएस इन्टरनेट
डिशहोम फाइबरनेटले ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको छ । वाईफाई सिक्स राउटरसँगै डिशहोमले मेगाफाई अन्तर्गत ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको हो ।
वाईफाई सिक्स राउटर र मेस नोड्ससहित यो मेगाफाई सार्वजनिक भएको छ । वाईफाई सिक्स राउटरमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरिएको छ ।
कम्पनी अनुसार फाइभजी राउटरभन्दा वाईफाई सिक्समा इन्टरनेट स्पीड चारगुणा फास्ट हुनेछ । डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले वाईफाई सिक्स राउटरसँगै ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज पनि सार्वजनिक गरेको बताए ।
वाईफाई सिक्स नेपालमै पहिलो पटक डिशहोमले सार्वजनिक उनले जानकारी दिए । यसमा ४० जनाले ढुक्कसँग इन्टरनेट चलाउन सक्ने छन् । मेगावाईफाई विश्वविद्यालय, कलेज र अस्पताल जस्ता मानिसको बढी चाप हुने ठाउँमा अझ उपयुक्त हुने कम्पनीले जनाएको छ ।
वाईफाई सिक्स राउटरमा भएको एआई प्रविधिले कुन एप चल्न कति ब्याण्डविथ चाहिन्छ त्यसलाई पहिचान गरेर ब्याण्डविथ प्रदान गर्ने सापकोटाले आइसिटी समाचारसँगको कुराकानी बताए । मेगाफाई वाईफाई गेम खेल्नलाई झनै उपयुक्त हुने उनको भनाइ छ ।
डिशहोम फाइबर नेटको ३०० एमबीपीएसको इन्टरनेटको मासिक शुल्क १ हजार ७९९ रूपैयाँ तोकिएको छ । साथै ३ महिनाको ५ हजार १९९, ६ महिनाको १० हजार ९९९ र १२ महिनाको १९ हजार ९९९ रूपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै ६०० एमबीपीसको मासिक शुल्क २ हजार ९९९ रूपैयाँ तोकिएको छ । साथै ३ महिनाको ८ हजार ८८९, ६ महिनाको १६९९९ र १२ महिनाको २९९९९ रूपैयाँ शुल्क तोकिएको छ ।
यी इन्टरनेट प्याकेज खरिदमा टिभी र वाईफाई सिक्स राउटर पाइने छ । त्यस्तै इन्टरनेटको जडान शुल्क समेत लाग्नेछ तर यदी तपाईले १२ महिनाको प्याकेज खरिद गर्नुभयो भने जडान शुल्क लाग्ने छैन् । साथै टिभीको पनि जडान शुल्क लाग्ने छ ।
समाचार
नेपाली राजदूतावास मलेसियाबाट ई-पासपोर्ट जारी गर्न शुरू, पहिलो दिननै ३३ जनाको लाइभ इनरोलमेन्ट
नेपाली राजदूतावास मलेशियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको…
स्मार्ट डोकोले ल्यायो ‘डोकोभरी माया’ अफर
भ्यालेन्टाईन्सको अवसरमा स्मार्ट डोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ । यस अफरमा ग्र…
भारतका अस्पतालमा चिकित्सा सुविधामा सहज भुक्तानीका लागि भिजा र वैदम बिच सहकार्य
डिजिटल भुक्तानीलसंस्था भिजाले स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा …
ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा
गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू …
गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन
नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ विटिएस टावर सञ्चा…
जटिल बन्दै विद्युतीय बसको कर विवाद
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युती…
महेन्द्रनगरमा डिशहोम डिलर दाईलाई सम्मान
डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ । महेन्द्रनगर सेन्टरमा एक कार्यक्रम…
क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको पुनः आह्वान, साक्षरता सामग्री प्रकाशन
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न पुनः आह्वान गरेको छ । मंगलबार क्…
६९५ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले…
अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?
अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल दूरसञ्चा…
कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने
कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने भएक…
आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई ३ खर्ब ४० अर्ब जरिवाना
गूगललाई यूरोपेली युनियनले ३ खर्ब ४० अर्ब रूपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। आफ्न…
एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट ई-पासपोर्ट जारी गर्ने तयारी
राहदानी विभागले एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी (ई-पासपो…
धनगढीमा डिशहोम फाइबरनेट सह वितरक शोरुम
धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाईब…
विन्डोज ११ का नयाँ फिचर लिक, के के हुन् ती फिचर ?
विन्डोज ११ मा सार्वजनिक हुने फिचरहरु लिक भएका छन् । विन्डोज ११ मा अब धेरै नयाँ फि…