समाचार
डिशहोमको ‘खुशीको बोनस – ३६५ दिन नै बोनस!’ योजना सार्वजनिक: हरेक हप्ता लक्की ड्रमार्फत १४ विजेतालाई वार्षिक इन्टरनेट निःशुल्क प्रदान
डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक आकर्षक योजना ‘खुशीको बोनस – ३६५ दिन नै बोनस!’ सार्वजनिक गरेको छ।
यो विशेष योजनाअन्तर्गत वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता आयोजना हुने लक्की ड्रमा सहभागी बन्न सक्नेछन्। उक्त लक्की ड्रमार्फत हरेक सातामा १४ जना भाग्यशाली विजेता चयन गरिनेछ, जसले एक वर्षका लागि सित्तैमा इन्टरनेट सेवा प्राप्त गर्नेछन्।
यस अफरमा सहभागी हुने विजेतामध्ये १० जना नयाँ वार्षिक इन्टरनेट जडान गर्ने ग्राहक हुनेछन् भने बाँकी ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक रहनेछन्।
विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि टेलिभिजन च्यानलमार्फत गरिनेछ। यदि कुनै कारणवश शुक्रबार घोषणा हुन नसकेमा, त्यसको विकल्पस्वरूप आइतबार साँझ सोही समयमा घोषणा गरिनेछ।
नयाँ जडानका लागि नजिकको डिशहोम डिलरसँग सम्पर्क गर्न वा ०१–५९७०३६५ नम्बरमा फोन गर्न सकिनेछ। यस्तै, हालका प्रयोगकर्ताहरूले खल्ती, ईसेवा वा माईडिशहोम मोबाइल एपमार्फत वार्षिक रिचार्ज गरी योजनामा सहभागी हुन सक्नेछन्।
डिशहोमले हाल उपलब्ध गराउँदै आएका वार्षिक इन्टरनेट प्याकेजहरूमा १०० एमबिपिएसको मूल्य रू. ८,५००, २०० एमबिपिएसको रू. ११,५०० र ३०० एमबिपिएसको रू. १३,५५० रहेको छ, जुन सबै भ्याटसहितको दर हो। नयाँ जडानको हकमा थप रू. १,१३० लाग्नेछ।
समाचार
दैनिक २.५ अर्ब प्रम्प्ट्ससहित च्याटजीपीटी तीव्र गतिमा लोकप्रिय: गुगल सर्चलाई चुनौती र नयाँ “च्याटजीपीटी एजेन्ट” फीचर
माइक्रोसफ्ट समर्थित एआई स्टार्टअप ओपनएआईको च्याटजीपीटी विश्वभरि अत्यन्त तीव्र गतिमा लोकप्रिय हुँदै गएको छ। एक नयाँ रिपोर्टअनुसार, च्याटजीपीटीले हरेक दिन विश्वभर…
ओपनएआईका सीईओ स्याम अल्टम्यानको चेतावनी: एआई भ्वाइस क्लोनिङले बैंकिङ् क्षेत्रमा “गम्भीर ठगी सङ्कट” निम्त्याउने
ओपनएआईका सीईओ स्याम अल्टम्यानले बैंकिङ् र वित्तीय क्षेत्रमा चेतावनी दिएका छन् कि एआई उपकरणहरूको मद्दतले मान्छेको आवाज नक्कल गरेर स…
एनआईसी एशिया बैंक र एएसजी आई केयरबीच आँखा उपचारमा डिजिटल भुक्तानी गर्दा १५प्रतिशतसम्म छुट
एनआईसी एसिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बिच बैंकका ग्राहकहरूको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने …
मेटाले ह्वाट्सएपमा ल्याउँदै ‘क्विक रिक्याप’: एआईद्वारा पाँच च्याट्सको अनरेड मेसेजहरूको तिब्र सारांश
मेटा छिट्टै ह्वाट्सएपमा नयाँ एआई-सक्षम फीचर ‘क्विक रिक्याप’ जोड्न गइरहेको छ, जसले प्रयोगकर्ताहरूलाई एकैपटक धेरै च्याट्…
रिमोट एक्सेस एप्लिकेसन ‘मल्टिपल डेस्क’ सार्वजनिक गर्ने तयारीमा जुनेली इंक, के के छन् सुविधा ?
नेपालको प्रविधि कम्पनी जुनेली इंकले आफ्नो उत्पादन ‘मल्टिपल डेस्क’ बजारमा औपचारिक रूपमा ल्याउने तयारी गरेको छ ।
…गुगल प्ले स्टोरमा भोजमाण्डु एप १ लाखभन्दा बढी डाउनलोड
नेपाली फूड डेलिभरी स्टार्टअप भोजमाण्डूले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पुरा गरेको छ। यस उपलब्धिसँगै, कम्पनीले आफूलाई नेपाली बजारमा तेस्रो ठूलो फ…
इटहरीमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा महिला सशक्तिकरण र डिजिटल समावेशीकरणको उद्देश्यले…
सुर्खेतमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा महिला सशक्तिकरण र डिजिटल समावेशीकरणको उद्देश्यले…
मनसुनका बेला विद्युत र सञ्चार सेवाको समस्या सम्बोधन गर्न आग्रह
मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण…
नेपाली बजारमा इन्फिनिक्सको नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक
इन्फिनिक्स नेपालले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन हट ६० आई सार्वजनिक गरेको छ । हट ६० आईमा रहेको ४५ वाट फास्ट चार्जिङ …
‘लेजीहग’: नयाँ एआई-पावर्ड मालवेयरले विन्डोज कम्प्युटरमा खतरनाक हमला
दुनियाँभरमा विन्डोज कम्प्युटरहरूलाई इन्फेक्ट गर्ने नयाँ खतरनाक मालवेयर ‘लेज़ीहग’ देखा परेको छ, जसले एआई च्याटबोटहरू…
गुगलको नयाँ इनएक्टिभिटी पोलिसी: २ वर्ष निष्क्रियता पश्चात् जीमेल अकाउन्ट डिलिट
जिमेल, गुगलको लोकप्रिय इमेल सेवा हो जुन विश्वभर अर्बौं मानिसले प्रयोग गर्छन्। तर धेरै युजरले सोच्छन् कि यदि उनीहरूले लामो समयसम्…
एक्सएआईले ल्याउँदैछ ‘बेबी ग्रोक’, बच्चामैत्री एआई एप
केही समयदेखि एलन मस्कको एआई च्याटबट ग्रोक निकै चर्चामा छ। एक्समा मानिसहरू ट्वीट गरेर यसलाई निडर भएर प्रश्न सोधिरहेका छन् र यसले …
एआई र रोबोटिक्सले २०४५ सम्म मानव रोजगारी समाप्त गर्ने जोखिम छ: एडम डोरको चेतावनी
रिथिंकएक्सका अनुसन्धान निर्देशक एडम डोरले सन् २०४५ सम्ममा एआई र रोबोटिक्सले अधिकांश मानवद्वारा गरिने कामहरू समाप्त हु…
सुर्खेतका ७० जना स्थानीय युवाहरूलाई जेनेस सोलुसनको १० दिने आईटी तालिम
जेनेस सोलुसनले जुन ३० देखि जुलाई ९ सम्म भेरीगंगा नगरपालिकामा १० दिने आईटी तालिम सम्पन्न गरेको छ। तालिममा ३४ जना…