समाचार
सुरू भयाे ३०औँ संस्करणको क्यान इन्फाेटेक, साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा
३०औँ संस्करणको क्यान इन्फाेटेक सुरू भएकाे छ । काठमाडौंकाे सभागृहमा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले राेबटबाट पानसमा बत्ति बालेर इन्फाेटेककाे शुभारम्भ गरेका हुन् ।
उद्घाटन शत्रमा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, नास्टका उपकुलपति दिलिप सुब्बा, पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नास आईटी अध्यक्ष सन्ताेष काेइराला लगायत विशिष्ट व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।
क्यान इन्फाेटेकलाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता कार्यक्रमले नयाँ प्रविधिकाे विकास र प्रवर्द्धनका साथै डिजिटल नेपालकाे अभियानमा सहयाेग पुग्ने बताए ।
सरकारले हालै आईटी क्षेत्रकाे विकासका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेकाे अवगत गराउँदै उनले यसकाे कार्यन्वयनका लागि निजी क्षेत्रसँग मिलेर कार्यविधि र निर्देशिका बनाउने समेत जानकारी दिए ।
यस्तै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे क्यान महासंघले सूचना प्रविधिलाई देशव्यापी बनाउन सुरूवात देखि नै काम गरिरहेकाे बताइन् ।
निजी क्षेत्र र सरकार मिलेर प्रविधिकाे क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेकाे उनकाे भनाइ छ ।
१० वर्षमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष राेजगारी तथा ३० खर्बकाे आईटी सेवा निर्यातका लागि कार्ययोजना बनाउन मन्त्रालयसँग काम गर्न खाेजेकाे समेत उनले जानकारी दिइन् ।
माघ २४ गतेदेखि सुरू भएकाे एचएमसी नेपाल क्यान इन्फाेटेक २०२५ माघ २८ गतेसम्म सञ्चालन हुनेछ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने बताइकाे छ ।
यस पटक क्यान इन्फाटेकमै राष्ट्रिय परिचयपत्र बनाउन सक्ने व्यवस्था समेत मिलाइएकाे छ । टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकट अनलाइनबाट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था छ ।
क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहनेछन् । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । क्यान इन्फोटेक २०२५ अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम समेत हुने बताइएको छ ।
३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि. (गोगोरो) तथा सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रा. लि. र अनलिमिटेड टेक्नोलोजी प्रा. लि (ज्याप) रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि., एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा.लि., डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा.लि. (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।
समाचार
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि, अर्डर गरेको १५ देखि ३० मिनेट भित्रमा सामान डेलिभर हुने
फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । …
नेपाल टेलिकमले मनायो २१औं वार्षिकोत्सव
नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव मनाएको छ। कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दू…
विश्वका सबैभन्दा साना फोनहरूः केही सिक्काको जत्रो त केही सलाईको बट्टाको आकारमा
आजभने धेरै मानिसहरूको हातमा ठूलो पर्दा भएका फोनहरू देखिन्छन्, तर विशेष प्रकारका ग्राहकहरूका लागि सानो आकारका फिचर फोन को क्रे…
नेपाल टेलिकममा सर्वसाधारणकाे शेयर स्वामित्व २५ प्रतिशत पुर्याइने
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकममा सर्वसाधारणकाे शेयर स्वामित्व २५ प्रतिशत पुर्याउने बताएका छन ।…
बाल यौन शोषण रोक्न बेलायतको कठोर कदम: एआईमार्फत ‘आपत्तिजनक’ तस्वीर बनाउन अब अपराध
एआईको कारण धेरै चीजहरू सजिलो भएका छन् । घण्टौं लाग्ने काम अब केही मिनेटमै पूरा गर्न सकिन्छ, तर यसको केही नकारात्मक असरहरू पनि…
टेलिकमले सुरू गर्याे भाेवाईफाई सेवा, वाईफाई नेटवर्कबाटै भ्वाइस र एसएमएस सेवा प्रयाेग गर्न सकिने
नेपाल टेलिकमले भाेवाईफाई सेवा सुरू गरेकाे छ । २१ ओैं वार्षिकोत्सवकाे अवसरमा नेपाल टेलिकमले भाेवाईफाई सेवाकाे व्यवसायीक सुर…
अब माेबाइल एपबाटै नेपाल टेलिकमकाे ई-सिम लिन सकिने
अब अनलाइनबाटै नेपाल टेलिकमकाे ई-सीम लिन सकिने भएकाे छ । २१ ओैं वार्षिकोत्सवकाे अवसरमा नेपाल टेलिकमले अनलाइनबाटै ई-सिम लिन…
नेपालका मुख्य शहरमा फाइभजी सुरू गरिहाल्नुपर्ने आवश्यकता छ: सञ्चारमन्त्री गुरूङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालका मुख्य शहरमा फाइभजी सेवा सुरू गरिहाल्नुपर्ने आवश्यकता रहेकाे बताएका …
गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोबारको लागि एनसीएचएलमा आबद्ध
गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोवारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) क…
४ वटा सञ्चार माध्यमको कालोसूची फुकुवा, ३ वटा सूचीकरणबाट हटे
प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखी कारबाही गरेका ४ वटा सञ्चार माध्यमको कारबाही फुकुवा गरेको छ । दर्ता र सूचीकरण नभइ चलेक…
सूचीकरण नहुने र सम्पर्क विन्दु नराख्ने सामाजिक सञ्जाललाई नेपालमा रोक लगाउने सञ्चार मन्त्रालयको चेतावनी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नहुने र सम्पर्क विन्दु नराख्ने सामाजिक सञ्जाललाई नेपालमा रोक लगाउने चेतावनी दिएको छ…
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु
नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतक…
सागर ग्रुपले आईटी एक्स्पो गर्ने, अवलोकनकर्तालाई ल्यापटप जित्ने मौका
सूचना प्रविधि क्षेत्रमा लगातार तिन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २३ गतेदेखि माघ २९ गतेसम्म आफ्नो कर्पोर…
युट्युबका दुई नयाँ फिचर: अब फ्यान्ससँग सजिलो अन्तरक्रिया र भिडियो हेर्ने गति चार गुणा तीव्र
युट्युबले दुई नयाँ फिचरहरू सार्वजनिक गरेको छ । क्रिएटर्ससँगै प्रयोगकर्ताहरूको कामलाई पनि सजिलो बनाउन युट्युबले नयाँ फिचर …
इजरायली स्पाइवेयरद्वारा ह्वाट्सएप प्रयोगकर्तामाथि 'जीरो-क्लिक' आक्रमण
इजरायली स्पाइवेयरद्वारा ह्वाट्सएप प्रयोगकर्तामाथि 'जीरो-क्लिक' आक्रमण भएको छ । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले&nb…