समाचार
शार्क ट्यांक नेपालको मनोरञ्जन पार्टनरमा टिकटक
टिकटकले शार्क ट्यांक नेपालसँग साझेदारी गरेको छ । शार्क ट्यांक नेपालको पहिलो सिजनमा टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर भएको छ ।
हिमालय टिभीबाट अहिले शार्क ट्यांक नेपाल प्रसारण भइरहेको छ । स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आइडियाहरू पिच गर्ने अवसर पाउनेछन् ।
टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नविदले शार्क ट्यांक नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउने जानकारी दिए ।
‘यो सहकार्यले इनोभेसनलाई प्रवर्द्धन गर्ने, व्यवसायिक स्टोरीटेलिंगलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्याउने विश्वास हामीले लिएका छौं। टिकटकले पहिलो दिनबाटै यो परिवर्तनकारी प्लेटफर्मको हिस्सा बन्न पाएकोमा हामी गर्व गर्दछौं,’ उनले भने ।
यस्तै हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल भन्छन्, ‘नेपालमा शार्क ट्यांक जस्तो विश्वस्तरीय शो ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ। टिकटकसँगको साझेदारीले हाम्रो शोको प्रभाव र पहुँचलाई अझ फैलाउनेछ। टिकटक मार्फत हामी युवापुस्ताका उद्यमी र दर्शकहरूसँग सिधा संवाद गर्न सक्छौं, जसले व्यवसायिक सोचलाई अझ सरल र प्रेरणादायी बनाउँछ।’
शोको आधिकारिक ह्यासट्याग #SharkTankNepal टिकटकमा शोसम्बन्धी सम्पूर्ण सामग्रीहरूको केन्द्र बनेको छ र ट्रेन्डिङ तथा डिस्कभरी सरफेसहरूमा देखा पर्न थालिसकेको छ । केवल १० दिनभित्र, शोको टिकटकमा ४०,००० भन्दा बढी फलोअर्समा पुगेको छ र सिजनभरि बिहाइण्ड द सीन भिडियो क्लिप्स, विशेष अन्तर्वार्ताहरू, मुख्य क्षणहरू, शार्कहरूका प्रतिक्रिया लगायत थुप्रै एक्सक्लुसिभ सामग्रीहरू प्रस्तुत गर्ने लक्ष्यमा छ ।
समाचार
आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरू, विनय खड्का बने सीईओ
आईएमई पे र खल्तीले एकीकृत कारोबार सुरू गरेका छन् । साउन १ गतेदेखि आईएमई पे र खल्तीले आईएमई खल्ती लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेका हुन् । …
रोबोटिक्समा काम गरिरहेको गुडविस इन्जिनियरिङले शार्क ट्यांक नेपालबाट पायो २ करोड लगानी
एआई र रोबोटिक्सको क्षेत्रमा काम गर्दै आएको कम्पनी गुडविस इन्जिनियरिङले शार्क ट्यांक नेपालबाट २ करोड लगानी पाएको छ ।
…बेलायतमा विस्तार भयो नेपाली आईटी कम्पनी पेरिविन सोलुसन
सूचना प्रविधि (आईटी) कम्पनी पेरिविन सोलुसन (Periwin.com) ले बेलायत …
आजदेखि खल्ती र आईएमई पेको एकीकृत कारोबार, कस्तो लाग्यो नयाँ लोगो ?
खल्ती र आईएमई पेबीच आजदेखि एकीकृत कारोबार हुने भएको छ । बिहीबार एक विशेष समारोह आयोजना गर्दै खल्ती र आईएमई पेले यसको औपचार…
मेटाले फेसबुकमा डुप्लिकेट कन्टेन्टविरुद्ध कडा नीति ल्यायो: मोनेटाइजेशन र रिच घटाइने
युट्युबपछि अब मेटाले पनि फेसबुकमा बारम्बार अरूको कन्टेन्ट सेयर गर्ने अकाउन्ट्सविरुद्ध कडा कदम चाल्ने घोषणा गरेको छ। कम्पनीले जुन …
एनपीएल टिम काठमाडौं गोर्खाजको शीर्ष प्रायोजनमा वर्ल्डलिंक
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (NPL) का लागि काठमा…
एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुप…
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेपालपे कार्डमा आबद्ध
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड’ को प्…
मोबाइल फोनको चार्जर छुटाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
खोटाङको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ।
ल्यापटप–ट्याब्लेटका लागि गूगलको नयाँ “हाइब्रिड प्लेटफर्म” आउँदै
गूगलले हालसालै आफ्नाे नयाँ एन्ड्रोइड १६ सार्वजनिक गरेको थियो, जसमा यसपटक धेरै ठूला परिवर्तनहरू गरिएको छ। यतिबेला फेरि यस्तो ख…
दिगोको ई-स्टपमा एनआईसी एशिया बैंकका ग्राहकहरुलाई छुट
एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झ…
अब नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन सकिने, यी हुन् शर्तहरू
अब नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन सकिने भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकले अब नागरिक एपबाटै ट्राफिक सचे…
मेटाले खरिद गर्यो भ्वाइस क्लोनिङ स्टार्टअप प्लेएआई
मेटाले भ्वाइस क्लोनिङ सेवा प्रदान गर्ने स्टार्टअप प्ले एआई खरिद गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार, मेटाले सम्झौता अन्तिम चरणमा प…
एफडी ब्राण्डका विद्युतीय स्कुटर अब नेपालमै एसेम्बल हुने, मूल्य पनि १० देखि १५ प्रतिशत सस्तो
एफडी ब्राण्डका विद्युतीय स्कुटर अब नेपालमै एसेम्बल हुने भएका छन् । ग्रन्थ ईभीले एफडी ब्राण्डका विद्युतीय स्कुटर अब नेपालमै एसेम्बल ग…
काठमाडौंमा इनड्राइभको ड्राइभर्स मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न
विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट&…