कीवर्डहरू -

समाचार

भारतको नयाँ नियम: रिचार्ज नगरे पनि ३ महिनासम्म सिमको भ्यालिडिटी, बढाउन भने २० रूपैयाँ तिर्नुपर्ने

टेलिकम रेगुलेटरी अथरिटी अफ इन्डिया (ट्राई) ले सिम कार्ड प्रयोगकर्ताहरूका लागि नयाँ नियमहरू लागू गरेको छ । भारतको नयाँ व्यवस्थाले रिचार्ज नगरे पनि ३ महिनासम्म प्रिपेड सिम कार्ड एक्टिभ राख्न सकिने छ । 

यो नियम भारतको जिओ, एयरटेल, भिआई र बीएसएनएल जस्ता प्रमुख नेटवर्कहरूमा लागू हुनेछ । नयाँ नियम अनुसार सिमबाट ९० दिनसम्म भ्वाइस, डेटा, एसएमएस लगायतका सेवाहरू प्रयोग नगरे सिमकार्ड निष्क्रिय हुनेछ । यदी सिमकार्डलाई सक्रिय राख्नु परेमा कम्तिमा २० भारतीय रूपैयाँको रिचार्ज गर्नुपर्नेछ, जसले थप ३० दिन भ्यालिडिटी पाइने छ । 

फेरि ३० दिनपछि सिमकार्डलाई सक्रिय राख्न तपाईको ब्यालेन्सबाट प्रत्येक महिना २० रूपैयाँ कटौती हुनेछ । यो प्रक्रिया सीममा ब्यालेन्स हुनजेलसम्म चलिरहने छ । यदी सिममा पर्याप्त ब्यालेन्स भएन भने १५ दिनको ग्रेस समय पाइने छ । 

ग्रेस समयमा पनि रिचार्ज नगेर सीमकार्ड निष्क्रिय हुनेछ । सो नम्बर टेलिकम सेवा प्रदायकले नयाँ व्यक्तिलाई दिन सक्ने छन् । पोस्टपेड प्रयोगकर्ताहरूको हकमा पनि ९० दिनसम्म कुनै सेवा प्रयोग नगरेमा तपाईंको नम्बर डिसकनेक्ट हुने जोखिममा रहने छ ।

सक्रिय राखिराख्न १७७ भारतीय रूपैयाँ तिरेर ३ महिना भ्यालिडिटी बढाउन सकिने छ । त्यसपछि १५ दिनको लागि ग्रेस समय पाइने छ । यो समयमा कुनै प्यान छनौट गर्नुपर्नेछ नत्र सिमकार्ड निष्क्रिय हुनेछ । 

पछिल्लो समय भारतमा मोबाइल प्रयोगकर्ताको संख्या बढ्दो छ । मोबाइलसँगै मोबाइल नम्बरको माग पनि बढिरहेको छ । अहिले एउटै व्यक्तिको नाममा धेरै मोबाइल नम्बर रहेका छन् । तर त्यसमा नियमित प्रयोग हुने नम्बर भने केही मात्रै छन् । 

तर मोबाइल नम्बर अलोकेसन सिमित हुँदा नयाँ नियम ल्याएको हो । यसले गर्दा निष्क्रिय रहेका पुराना नम्बर नयाँ प्रयोगकर्तालाई जारी गर्न सक्ने सुविधा दिनेछ । यसले मोबाइल नम्बरको चापलाई कम गर्न सहयोग गर्न सक्नेछ । 

नेपालमा पनि मोबाइल नम्बरको प्रयोग बढ्दै गइरहेको समयमा दूरसञ्चार प्राधिकरणले सीमको भ्यालिडिटी सिमित राख्नका लागि नयाँ नियम ल्याउन सक्ने छ । यसले गर्दा नेपालमा पनि बढ्दै गएको मोबाइल नम्बरको चापलाई कम गर्न समेत राहत मिल्ने छ ।

 

समाचार

च्याटजीपीटीले बचायो एक व्यक्तिको जीवन

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) च्याटबट च्याटजीपीटीले एक व्यक्तिको जीवन बचाएको छ । एक रिपोर्टका अनुसार, च्याटजीपीटीले वर्कआउटपछि ब…

साइबर अपराधको नयाँ रुप: 'भूत ह्याकर' समूहद्वारा मरेका व्यक्तिको सोशल मिडिया अकाउन्टबाट ठगी

पछिल्लो समयमा साइबर अपराधका घटनाहरू तीव्र रूपमा बढिरहेका छन् ।  स्क्यामरहरूले मानिसहरूलाई ठगी गर्नका लागि नयाँ–नया…

सन् २०२५ मा नयाँ प्रविधिका ग्याजेट्स सार्वजनिक हुने, डिजिटल संसारमा ठूला परिवर्तन

सन् २०२५ मा धेरै नयाँ र आकर्षक ग्याजेट्स लन्च हुनेछन् । यस वर्ष अगमेन्टेड रियालिटी र भर्चुअल रियालिटीदेखि स्मार्ट डिभाइससम्म आ…

अंग्रेजी, नेपाली र तामाङ भाषाको मेसिन ट्रान्सलेसन प्रणाली विकास गर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालयले अंग्रेजी, नेपाली र तामाङ भाषाको मेसिन ट्रान्सलेसन प्रणाली विकास गर्ने भएको छ । 

टिकटकलाई अमेरिकामा बन्द गर्न वा बेच्न बाध्य पार्ने कानुन ७५ दिनसम्म लागु नहुने

डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोक्ने कार्यकारी आदेशमा हस्ता…

नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय…

पानीमा डुबाउँदा पनि किन बिग्रँदैन मोबाइल? के छ यसको पछाडिको विज्ञान ?

आजभन्दा केही वर्ष अगाडिको कुरा गर्ने हो भने, मोबाइलको सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यसलाई पानीबाट जोगाउनु थि…

क्युआर कोडमार्फत बढ्दो ठगी, ‘क्विशिङ स्क्याम’ प्रचलनमा

भुक्तानी गर्न होस्, जानकारी लिन होस् वा कुनै टिप्पणी गर्न होस्, क्युआर कोडले सजिलै सम्भव बनाएको छ । यो चारकुने तस्वीर स्क्यान गरेर …

क्विक कमर्स: डेलिभरीको नयाँ युग, प्रविधि र शहरी जीवनशैलीले हुँदैछ लोकप्रिय

सुविधा र छिटो आपूर्तिका कारण क्विक कमर्सको माग बढ्दैछ । १० देखि ३० मिनेटभित्र खरिदारी पूरा गर्न सकिने यो नयाँ तरिका शहरी ग्राह…

बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा टिकटक पुनः सञ्चालन, कसरी भयो सम्भव ?

अमेरिकामा टिकटक पुनः सञ्चालनमा आएको छ । राष्ट्रपति ट्रम्पको मिहिनेतका कारण टिकटक पुन फिर्ता आएको कम्पनीले जनाएको छ । टिकट…

राष्ट्रिय परिचयपत्र विरुद्धको रिट सर्वाेच्चद्वारा खारेज, अनिवार्य गर्ने बाटो खुल्यो

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्याया…

आइएमई पेको उडान मेला: आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले  आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ  उडान …

एप्पलले हटायो टिकटक, क्यापकट, मार्भल स्न्यापसहित बाइटडान्सका ११ एप

एप्पलले टिकटकसहित बाइटडान्सले विकास गरेका ११ वटा एपहरू पनि हटाएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र यसका सहायक कम्पनीहर…

अनलाइन रिभ्यू र रेटिङका लागि नकिनेको सामान डेलिभरी, डेटा चोरी हुने समेत खतरा

हामी सबैलाई अनलाइन सपिङ मन पर्छ । यो सजिलो र समय बचत गर्ने विकल्प हो । साथै, प्रायः यसले तपाईंलाई उत्कृष्ट डिल्स र डिस्काउन्ट पा…

इन्स्टाग्राममा अब ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने

अब इन्स्टाग्राममा ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने भएको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेसँगै यसअघि रहेको ९० से…