कीवर्डहरू -

समाचार

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरेको छ । बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेश्नलसंगको सहकार्यमा सोमबार एक कार्यक्रम गरी कम्पनीले यसबारे जानकारी दिएको हो ।

काठमाडौंका स्थानिय मेकानिकलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले वोश ब्रान्डको स्पयेर पाट्र्सको बजारिकरणमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा स्थानिय वितरक, मेकानिक्स र बोश भारतका विशिष्ट व्यक्तित्वहरु सहित १५० जना बढि सहभागि थिए ।

नेपाली बजारकै लागि भनेर विशेष रुपले डिजाइन गरिएको यस एप बोश प्लेटफर्ममा दर्ता भएका मेकानिक्सलाई लक्षित गरि ल्याइएको हो । कार्यक्रममा बोल्दै बोश मोबिलिटी आफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टर मार्केट क्षेत्रको लागि एक महत्वपूर्ण बजार रहेको बताइन ।

‘हाम्रो बोश’ कार्यक्रमले स्थानिय स्तरमा खुलेका ग्यारेजलाई ओरिजिनल बोश पार्टपुर्जाको बढ्दो प्रयोगको लागि आकर्षक अंक र प्रोत्साहन प्रदान गर्ने भएकाले यस मोबाइल एपमार्फत पोइन्टहरू ट्रयाकिङ र रिडिम गर्न सहज अनुभव प्रदान गर्ने उनको भनाई थियो ।

बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा उन्नत उत्पादनहरू र प्रविधिहरू परिचय गराउनमा बोश सधैं अग्रणी रहेको बताए । ‘हाम्रो बोश ले नेपालमा रहेका आफ्ना ग्राहकसँग बोशले जोडेको सम्बन्ध र विश्वासको भावनालाई प्रतिबिम्बित गर्दछ’ उनले भने ।

सत्यदिप इन्टरनेश्नलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले २० वर्षभन्दा बढि समयदेखी नेपाली बजारमा बोशसंग आबद्ध हन पाउनु गर्बको विषय रहेको बताए । उनले भने, ‘अटोमोटिभ क्षेत्रको मुटु मानिने मेकानिक्सलाई लक्षित गरी यो डिजिटल पहल सुरु गर्न पाउँदा हामी हर्षित छौ । हाम्रो बलियो वितरण नेटवर्कका कारण यस कार्यक्रमले बोशको बजारिकरणमा सहयोग पुर्याउने छ ।’ 

अटोमोटिभ क्षेत्र बाहेक बोशले विश्वभर पावर टूल्स, विल्डिङ टेक्नोलोजीज र बोश होम अप्लायन्सेसमा नवीन उत्पादनहरू बिक्री गर्दै आएको छ ।
 

समाचार

वर्ल्डलिंक र डाटा वर्ल्डमा विश्व बैंक समूहको २९ मिलियन डलर लगानी

नेपालको डिजिटल पूर्वाधार विस्तार गर्दै समावेशी आर्थिक विकासलाई गति दिन विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (IFC) …

दराज विक्रेताका लागि टिगको नयाँ फिचर, एक क्लिकमै अर्डर लिनेदेखि इनभ्वाइस तयार गर्नेसम्मको सुविधा

दराजका विक्रताहरूले अब आफ्नो अकाउन्ट र इन्भेन्टरी व्यवस्थापन टिगबाटै अटोमेट गर्न सक्ने भएका छन् । क्लाउडमा आधारित नेपालको लोकप्रिय …

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेत…

एआई युगमा पनि मानव अपरिहार्य: एआई गल्ती सच्याउने कपीराइटरहरूको माग र आम्दानी बढ्यो

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आएले मानिसको रोजगारी खोस्छ भन्ने त हामीले सुन्दै आएको छौं । तर अहिले एआईका गल्तीहरू सच्याउन…

सन् २०२६ मा कोलम्बियामा हुने इन्ड्राइभको अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला

इन्ड्राइभको अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो त्रैमासिकमा कोलम्बियामा आयोजना हुने भएको छ । यस संस्कर…

सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

यातायात व्यवस्था विभागको सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको छ ।

असार २० गते …

पठाओ पार्सलको अफर: समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामान फिर्ता

राइड सेयरिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’अन्तर्गत नयाँ योजना सार्वजनिक गरे…

एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२०+…

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जाका लागि सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी स…

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक …

पर्प्लेक्सिटीको नयाँ सब्सक्रिप्सन योजना: २०० डलरमा ‘म्याक्स’ सदस्यता

एआई सर्च स्टार्टअप पर्प्लेक्सिटीले पावर युजरका लागि प्रतिमहिना २०० अमेरिकी डलरमा ‘म्याक्स’ सदस्यता योजना सार्वजनिक गरे…

टिएमवानका १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै

'कमाइको राजा' भनेर परिचित टिएमवानले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्…

आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरुवात

आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरूवात भएको छ । अनलाइन लञ्च कार्यक्रममा ‘Launch i…

माईक्रोसफ्टले सार्वजनिक गर्‍यो “डाइग्नोन्टिक अर्केस्ट्रेटर” एआई, ८० प्रतिशत मेडिकल केसमा डाक्टरभन्दा उत्कृष्ट काम गर्ने

माईक्रोसफ्टले भर्खरै यस्तो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली सार्वजनिक गरेको छ, जुन जटिल र चुनौतीपूर्ण मेडिकल केसहरूमा मानवी…

एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा छानिए २० विजेता ग्राहकहरु

एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत दोस्रो हप्तासम्ममा २० जना भाग्यशाली ग्राहकहरु छानेको छ । यसरी छानिएक…