कीवर्डहरू -

समाचार

चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको बताएकी छन् । झिमरुक गाउँपालिकामा सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै उनले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पुर्‍याउने नीतिअनुसार काम भइरहेको बताइन ।

उनले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशनसमेत दिइन । मन्त्री शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने बताइन ।

शर्माले भनिन, “इन्टरनेट सेवा पालिका हुँदै वडासम्म पुर्‍याउन सके जनताले सहज इन्टरनेट सेवा पाउने र  टेलिकमको आम्दानी वृद्धि हुनेछ, यसलाई सबै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ ।” मन्त्री शर्माले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उनको तर्क छ । सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तह रहेको प्युठानका चार स्थानीय तहमा प्युठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवि गाउँपालिकामा  नेपाल टेलिकमको एफटीएचएच सेवा पुगेकोमा आजदेखि झिमरुक गाउँपालिका समेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताइन । 

उनका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहका लागि सर्वे भइसकेको र गौमुखीमा सर्वेको तयारी गरिएको छ । हाल नेपाल टेलिकमले यहाँ चार हजार छ सय आठ जनालाई सेवा दिन पुग्ने फाइबर नेट उपलब्ध गराएको छ । त्यसमध्ये एक हजार छ सय १८ जनालाई सेवा प्रवाह गरिएको छ । प्युठानमा ३७ वटा फोरजी टावर सञ्चालनमा रहेको नेपाल टेलिकमले जनाएको छ ।

त्यस अवसरमा नेपाल टेलिकम लुम्बिनी प्रदेशका प्रादेशिक निर्देशक अनन्तप्रसाद मल्लिक, भैरहवाका उप-प्रबन्धक कुश्माकर न्यौपाने, नेपाल टेलिकम बिजुवारका कार्यालय प्रमुख निरञ्जन श्रेष्ठलगायतको उपस्थिति थियो ।  

समाचार

सरकारले ‘गिग’ अर्थतन्त्रमा युवालाई आवद्ध हुन प्रोत्साहित गर्ने, स्टार्टअप कोष स्थापना हुने

सरकारले ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने भएको छ । 

सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक द…

सरकारले पटक पटक कागजात बुझाउनु पर्ने झण्झट अन्त्य गर्ने, ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने

सरकारले सरकारी कार्यालयमा पटक पटक कागजात बुझाउनु पर्ने झण्झटलाई अन्त्य गर्ने भएको छ । 

एप्पलको आईफोनमा के के हुनेछन् फिचर ?

एप्पलले केही समयमै आइफोन १६ लाइनअप सार्वजनिक गर्दै छ । यस पटक, सन् २०२४ मा आउने आइफोनको पछिल्लो सिरिजमा डिजाइन&nda…

अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने

अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्रयाक…

आईएमई पेको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या बढ्दो

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्ने सुविधा धेरैको रोजाइमा प…

अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईट नेटवर्क विकास गर्दै स्पेसएक्स

एलन मस्कको कम्पनी स्पेसएक्सले अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईटको नेटवर्क विकास गर्ने भएको छ । जासुसी स्याटेलाईटको…

एनटी फाइबर प्रयोग गर्दा दैनिक रूपमा मोबाइलमा डाटा सुविधा

नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको …

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न मन्त्री अर्यालको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । …

सीजीले ल्यायो फ्री एसी सर्भिस क्याम्प अफर

सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेव…

मस्कद्वारा एआईको स्मार्टनेसमा आधारहीन दावी, मेटाले जनायो प्रतिक्रिया

एलन मस्क र एआई, दुवै यस्ता विषय हुन् जुन प्रायः चर्चाको विषय बन्छन् । मस्क आफ्नो भनाइका कारण सधैं हेडलाइनमा रहन्छन् र यही प्रवृत्तिल…

आईटीको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नु…

एप्पलले खरिद गर्‍यो एआई स्टार्टअप डार्विन एआई, के छ आगामी योजना ?

विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी एप्पलले क्यानेडियन एआई कम्पनी डार्विनएआई खरिद गरेको छ । सन् २०२४ को सुरूवतामा एप्पलले डार्विनएआई …

क्रस बोर्डर डिजिटल भुक्तानीका लागि एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसले क्रस बोर्डर डिजिटल भुक्तानी  सुविधाको लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्…

नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक भएको छ । शनिबार नेपाल कल परिषद्मा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सु…

क्रोम प्रयोगकर्ताहरूले अब रियल टाइम सुरक्षा सुविधा पाउने

गूगलले आफ्नो ब्राउजिङ सुविधालाई सुरक्षित बनाउन निरन्तर काम गरिरहेको छ । कम्पनीले अब प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखी सुरक्षा…